अमनलाई २५ हजार आर्थिक सहयोग

Posted on: 14 Nov, 2016

महेन्द्र केसी पर्वत । विज्ञान प्रविधिमा रुचि राख्दै विभिन्न विज्ञान प्रविधिका सामग्री निर्माण गरी प्रदर्शनी समेत गरेका युवा बैज्ञानिकका नामले चिनिएका अमन पौडेललाई जिल्ला विकास समिति पर्वतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्नु राज्यको कर्तव्य र दाहित्व भएको भन्दै प्रतिभालाई थप उजागर गरी लैजाना र विज्ञान प्रविधिको विकास र प्रदर्शन गर्न र थप हौसला प्रदान गर्नको लागि उक्त रकम प्रदान गरिएको जिल्ला विकास समिति पर्वतले जनाएको छ ।


अमनको विज्ञान प्रविधि प्रतिको मायामोहलाई देखेर उनको हौसला प्रदान गर्नको साथै उनको प्रतिभाको प्रष्फुटन गरी थप दक्ष र अनुभवी बनाउनको लागि रकम सहयोग गरिएको बताइएको छ ।
पौडेले शमी युवा प्रोत्साहन पुरस्कार २०७३ बाट सम्मानित भैसकेका छन् भने अन्य संघसंस्थाले पनि उनलाई सम्मान गरिहरको छ । हिमालउ उमावि पाङमा कक्षा ९ मा अध्ययनरत अमनले घरायसी सामग्रीको प्रयोग गरी विभिन्न विज्ञानप्रविधिका सामग्रीहरु निर्माण गरी राष्ट्रिय स्तरमा समेत प्रदर्शन गरी सकेका छन् ।
अमनले आफुलाई विज्ञान प्रविधिमा रुचि भएकोले थप हौसला साथ र सहयोग पाएमा देशको लागि केहि गर्न सक्ने बताउँछन् । उनले विश्व विज्ञान प्रविधिसँग खेलिरहेको र विज्ञान प्रविधिलेनै गर्दा धेरै माथि पुगेको बताउँदै आफु पनि सोही अनुरुप आफु र आफ्नो देशलाई विज्ञान र प्रविधिमार्फत विश्वमा अग्रणी स्थानमा पु¥याउने सोचमा रहेको बताउँछन् । आफुले घरायसी सामग्रीको प्रयोगबाट विद्यालयमा सिकेको ज्ञानका आधारमा समाग्री बनाउँदै आएको भएता पनि थप हौसला र प्रेरणा मिले आफुले देशको लागि केहि गरेर देखाउने उनको तर्क छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!