नवलपरासी आएका बद्री पंगेनीले सबैलाई यसरी धुरुधुरु रुवाएर गए (फोटो फिचर)

Posted on: 14 Nov, 2016

कार्तिक २९, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षकको रुपमा रहे । कार्यक्रमकको प्रमुख अतिथि समेत रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित सबै दर्शकको आँखा रसाए । लाउ चेली सिन्धुर लाउ बोलको गीत गाउँदा उपस्थित दर्शकहरु मध्ये बृद्धहरु धुरुधुरु रोएको देखिन्थ्यो ।
 

स्टेज तल झरेर बृद्ध आमाबुबाको आँसु पुच्छै गीत गाउँदा बद्री पंगेनी स्वयमले पनि आँसु झारेका थिए । नेपाली युवाहरु बिदेशीनु परेको पिणा र घरमा बुढा आमा बुबा एक्लै बस्दाको पिणालाई गीत मार्फत सुनाउँदा उपस्थित सबैको आँखा रसाएको थियो । साथै ब्रदीले रुवाउनुको साथै दर्शकलाई नँचाएर पनि गए । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतहरुमा छमछमी नँचाएका पनि थिए । 

गायक बद्रीको साथमा अन्य थुप्रै राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुतीको साथमा दर्शक नँचाएका थिए । गायक रमेशराज भट्टराई, दिपक खड्का, गायिका उमा गिरी, हाँस्य कलाकार दिपक थापाको पनि बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्तिमा गायिका उमा गिरी र गायक बद्री पंगेनीको दोहोरीमा पनि दर्शकहरु खुबै नाँचेका थिए । 


साथै भोली मंगलबारको कार्यक्रममा मुख्य आकर्षकको रुपमा गायक पुरुर्षोत्तम न्यौपाने र जानकी तारामी मगर रहने आयोजकले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!