बैतडीको स्वास्थ्यले फेरी फड्को मार्यो, देशकै तेस्रो नम्बरमा (को–को परे उत्कृष्टमा अंक सिहत)

Posted on: 20 Nov, 2016

नरी बडु, मंसिर ५ बैतडी ।
स्वास्थ्य क्षेत्रमा नियमित प्रगतीको फड्को मारिरहेको बैतडी स्वास्थ्य क्षेत्रले यसपालि पनि नेपाल सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट मध्ये तेस्रो स्थान हात पारेको छ ।

गएको शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैतडी जिल्ला ९० दशमलब ४१ अंक ल्याई तेस्रो स्थानमा उक्लिएको हो । यो भन्दा अगाडी बैतडी स्वास्थ्य सूचकाङ्कको चौथो स्थानमा थियो ।

यासपालि एक स्थान माथि उक्लिन सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार ९२ दशमलब ३४ अंकका साथ अछाम प्रथम र ९० दशमलब ५४ अंकका साथ सुर्खेत दास्रो स्थानमा छ ।

डक्टर गुणराज अवस्थी आउनुभन्दा अगाडी बैतडी जिल्ला स्वास्थ्य सूचकाङ्कको ७० औँ स्थानमा थियो । अवस्थी आएपछि जिल्लाको स्वास्थ्य क्षेत्रले फड्को मार्ने क्रममा यसपालि तेस्रो स्थानमा आएको छ ।

बैतडी जिल्लाको स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउन सहयोग गर्ने सम्पुर्ण राजनीतिक दल, संघ संस्था, दातृ निकाय, पत्रकार र स्थानीयलाई जिल्ला स्वास्थ्य कार्यालयले धन्यवाद दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!