गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु

Posted on: 21 Jan, 2017


माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा शुक्रबारबाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न.९ फुदवांग वजारमा सुरु भएको हो । आजबाट उदघाटन भएको प्रतियोगिता दुई दिन सम्म सन्चालन हुने छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । यता उदघाटन सत्रको कार्यक्रमा जिल्ला भलिबल सघंका अध्यक्ष दिपक परियारको प्रमुख आतिथ्यता, साहायक जिल्ला अधिकारी नारायण खत्री र सबुज गणका गणे्श शाहको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष अशोक थापा, साना किसान कृषी तथा सहकारी सस्थाका प्रबन्धक विष्णु प्र. मरासिनी, फुलबारी रिसोर्टका प्रबन्धक सिद्धी भट्टराई, कालिका फर्निचर उद्योगका गोपाल प्र भुसाल , शिबलाल रायमाझी, अनिता थापा, देव ब रसाईली, नयाँ एफ एमका विक्रम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । 

यता प्याराडाइज युवा क्लव विरुद्ध जनजागृती युवा क्लब विच भएको पहिलो खेलमा २४, २१ र २५, २१ ले जनजागृती युवा क्लब जगत विजेता भएको छ । दोस्रो खेलमा जुकेना गा वि स र खाचिकोट भलिबल समुहको खेलमा । २५, १२ र २७, २५ ले जुकेना गाविस विजय भएको छ । 

त्यस्तै प्याराडाइज युवा क्लब सी र ठाडा खेलकुद विकास समिति विच भएको तेस्रो खेलमा २५, १२ र २५, २३ ले ठाडा खेलकुद विकास समिति विजय भएको छ । अखन्य खेल भने भोलि विहान बाट सुरु बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!