रोकाया दम्पति पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै

Posted on: 30 Jan, 2017

नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

रोजगारीका लागि युवाहरू गाउँबाट शहर र शहरबाट विदेशतिर पलायन भएपनि आफ्नै जन्मथलोमा कुटो कोदोलो र घट्ट चलाएर बस्दा पनि राम्रो आम्दानि गर्न सकिएकोमा रोकायाले खुसि ब्यक्त गर्नुभयो । पानी घट्ट ब्यवसायको शुरुवात करीव १ लाख रुपैयाबाट गरेको भन्दै अहिले राम्रै आम्दानी हुने गरेको उहाँकी श्रीमती मैना रोकायाको भनाइ छ ।             

घट्ट पिस्नका लागि एक दीनमा १० देखी १६ जना ग्राहक आउने गरेको मैनाले बताउनुभयो । उहाले भन्नुभयो, विगतका दिनहरुमा अरुले पिसानी घट्टबाट सेवा गरेको देख्दा आफुलाई आश्र्यजनक लाग्थ्यो । 

अहिले आफुले सेवा दिन पाउदा नीकै खुसी लागेको छ । बर्षा र हिउँदमा समेत खोलामा पर्याप्त पानी बग्ने भएकाले पनि आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपरेको रोकायाका दम्पतिको भनाइ छ । ५ वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनु भएका रोकायाका दम्पतिले हाल मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहनु भएको छ ।    

 घट्टकै आम्दानीबाट रोकायाका दम्पतिले सात जनाको परिवार पाल्दै आएका छन् । सुरु सुरुमा घट्ट पिस्न दीनु भन्दा आफै पिस्न पाइदा मान्नेहरुले घट्टमा पिस्न जादँ भोक्नु पर्ने दुख कष्ट र शारीरीक सुरक्षा लगायतका समस्या तथा हुन सक्ने संभावित घटनाहरुलाई मध्यनजर गर्दैैै गाँउमा आफैले घट्ट संचालन गरेको रोकाया दम्पतीको भनाइ छ ।      

 गाँउमै छिटो छरीतो सेवा दिनुका साथै सेवाग्राहीले घट्टले पिसेको पिठो राम्रो ठानेपछि अहिले सबै घट्ट पिस्नेहरु आफ्नै घट्टमा आउने गरेका छन्, अमरसिंह रोकायाले भन्नुभयो । उहाँका अनुसार सामान्य लगानी बाट चल्ने पानी घट्ट पेशा गत गर्न सके जिवन निवार्ह गर्ने र गरीबको भविष्य परीवर्तनका लागि आयआर्जको माध्ययम घट्टलाइ अपनाउन सकिने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!