यातायातको सुविधा नहुँदा रोल्पाली जनतालाई कष्ट

Posted on: 31 Jan, 2017


माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्यस कामका लागि उहाँले दुई आफन्त ५४ वर्षीय रुपसिं डाँगी र ३२ वर्षीय प्रेमबहादुर पुनमगरलाई दैनिक पाँच÷पाँच सयका दरले ज्याला दिनुप¥यो । बिहान सदरमुकाम आएर साँझ गाउँ फर्कन नसकिने भएपछि चार जनाको टोली सदरमुकामकै एक होटेलमा बास बस्यो । भरिया खर्च तिर्दा र होटेलमा खाए बसेको खर्च कटाउँदा वृद्धभत्ता बापतको आधा रकम यतै सकियो । 

यातायातको सुविधा नहुँदा माघ महिनाको चिसोमा पनि खलखली पसिना बगाउदै पुर्मालाको टोली सदरमुकाम लिबाङ आएको हो । करिव ४ वर्ष अघि पक्षघात भएदेखि उहाँ हलचल गर्न सक्नुहुन्न । परिवारको सहयोगमा दिन गुजार्दै आएकी ७४ वर्षीया पुनलाई दिसापिसाब गर्दापनि अरुको सहायता चाहिन्छ । 

ह्वामा गाविस सदरमुकामसँगै सटेको गाविस हो । बत्तीमुनि अँधेरो भने झै सो गाविसका पूरै वडामा मोटरबाटो पुगेको छैन भने मोटरबाटो पुगेको गाविस भवनसम्म पनि कुनै किसिमका यात्रुबाहक यातायातका साधन सञ्चालनमा रहेका छैनन् । 

गाविसले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंकिङ पद्धतिबाट प्रदान गर्ने व्यवस्था गरेपछि उनीहरुलाई सदरमुकाम नै जानुपर्ने बाध्यता आइलागेको हो । 

“पाएको भत्ता नलिन पनि भएन, लिँदा पनि सास्ती छ,” उहाँका छोरा दीपक पुनले भन्नुभयो । पुन बेरोजगार हुुनुहुन्छ । आयस्रोतको कुनै बाटो नभएपछि सानै रकमका लागि पनि ठूलो खर्च गर्न तयार भएको उहाँको भनाइ छ । 

पुनका अनुसार रोग, भोक र गरिबीले पिल्सिएका रोल्पाली युवा कामको खोजीमा दिनप्रतिदिन विदेश पलायन हुन थालेपछि गाउँमा ज्याला तिर्दा पनि काम गर्ने मान्छे सहज रुपमा फेला पर्दैन । 


केही वर्ष पहिले जिविस, गाविस र सांसद विकास कोषको बजेटबाट मोटरबाटोका लागि ट्रयाक खोल्ने काम भएपनि बाटोले अझै पूर्णता पाउन सकिरहेको छैन । 

मोटरबाटोको पहुँच नभएपछि ह्वामाली जनतालाई गाउँमा उत्पादन भएका सामान सदरमुकामसम्म पु¥याउन र सदरमुकामबाट दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन असहज हुने गरेको गाउँलेको गुनासो छ । 

दुई हप्ताअघि मात्रै गाविस सचिवको जिम्मेवारी सम्हाल्नुभएका ह्वामा गाविसका सचिव तुलप्रसाद कवरका अनुसार गाविसले मोटर गुडाउन संभव नभएको हुँदा यातायात व्यवसायीले यसतर्फ समयमै सोच्नुपर्ने बताउनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!