स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेको भन्दै जेसिजद्धारा बयालपाटा अस्पताल सम्मानित

Posted on: 01 Feb, 2017


पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालाई सम्मान गरेको छ । 

अछाम जेसिजको आज सम्पन्न पदस्थापन तथा पुरुस्कार बितरण कार्यक्रममा अस्पतालले आफ्नो स्थापना काल देखी नै यस क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिदैँ उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो । 

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री भिम रावलले अस्पतालका मेडिकल निर्देशक बिकाश गौचनलाई उक्त कार्यक्रममा सम्मान पत्र सहित मायाको चिनो प्रदान गर्नुभएको थियो । सम्मान प्रदान गर्दै रावलले भन्नुभयो अस्पतालले स्वास्थ्यको क्षेत्रमा एकदमै उल्लेखनिय काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनी प्रभावकारी सेवा प्रदान गर्न सुझाब दिनुभएको थियो ।


 कार्यक्रममा जेसिजका बर्तमान अध्यक्ष प्रेम थापाले अछाम आई प्रभावकारी सेवा दिन महत्वपूर्ण भुमिका निवार्ह गर्नु भएको भन्दै अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनलाई खाँदा तथा अविरले समेत सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा डाक्टर गौचनले आफुलाई दुर्गम क्षेत्रमा बसेर काम गर्ने रहर भएको भन्दै यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन सधैँ लागीपर्ने धारणा राख्नु भएको थियो । यूवाहरुको व्यक्तीत्व, नेतृत्व विकासका साथै सोचमा सकरात्मक परिर्वतन गराई सामाजिक सेवमा अभिप्रेरित गराउने उद्देश्यले स्थापना भएको अछाम जेसिजले २०१७ का लागी निर्वाचित पदाधिकारीलाई सपथ गराई पदस्थापन गराएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!