विश्व क्यान्सर दिबस प्युठानमा पनि मनाइयो

Posted on: 04 Feb, 2017


माघ २२, प्युठान । बिस्व क्यान्सर दिवस प्युठानमा पनि भब्यरुपले मनाइएको छ । 

फेब्रुअरी ४ मा मनाउदै आएको उक्त दिबसका दिन आज जिल्ला अस्पताल प्युठानमा पनि बिरामिहरुलाइ फलफूल बितरण गरि  एक कार्यक्रमका बिच मनाइएको हो । 

 जिल्ला स्बास्थ्य कार्यालय प्युठानको आयोजनामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अथिती नेपाल रेड्क्रस सोसाइटी जिल्ला साखा प्युठानका उपसभापती  गोपाल जि सि रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुक अतिथी जिसिले "जिल्ला स्बास्थ्य कार्यालय प्युठान र नेपाल रेड्क्रस सोसाइटी नङ र मासुजस्तै हुन, स्बास्थ्य सम्बन्धि  ,जनचेतनामूलक कार्यक्रम होस वा जुनसुकै कार्यक्रममा होस नेपाल रेड्क्रस सोसाइटी सदैब सहकार्य गर्ने बताउनुभयो । 

सुभकामना मन्तव्यकै क्रममा नेपाल पत्रकार महासंघ प्युठानका सहसचिब एबम सरसफाइ पत्रकार मन्च प्युठानका संयोजक  नोमराज पौडेलले सम्पुर्ण प्युठानका पत्रकारहरुले हिजोका दिनहरुमा आउदा दिनहरुमा र अहिले पनि महत्वका साथ सरसफाइकै विषयमा कलम चलाइरहेको बताउनु भयो । 


जिल्ला अस्पतालमा जनताले गरेका गुनासा  र मिडियाले खेलेको भुमिकालाइ सम्बन्धीत निकाएले अहिलेसम्म सम्बोधन गर्न नसकेको उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला अस्पतालका डाक्टर समीर लामाले पनि क्यान्सर रोगको विषयमा यो रोग किन लाग्छ, कसरी लाग्छ र यसका लक्षणहरुको बारे  जानकारी गराउनु भएको हो ।

शरीरमा गाठागुठी देखिनु , लामो समएसम्म घाउ निको नहुनु, दिसापिसाबमा खराबी देखिनु बान्ता आउनु , खानमन नलाग्नु जस्ता क्यान्सर रोगका लक्षण हुन । दिनप्रतिदिन नेपालमा पनि क्यान्सरका बिरामी बढीरहेको र यो रोग बढी धुम्रपानका कारणले लाग्ने डाक्टरले बताउनु भयो । 

कार्यक्रमका अध्यक्ष जिल्ला स्वास्थ कार्यालय प्युठानका प्रमुक डा कृष्ण साहा रहनु भएको थियो भने कार्यक्रममा विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि, स्वास्थ स्वयम सेविका  पत्रकार आदिको उत्साहजन सहभागिता रहेको थियो भने कार्यक्रम सन्चालन जनस्वास्थ्य  कार्यालय प्युठानका पुस्कल श्रेष्ठले  गर्नुभएको थियो । बोम बहादुर परियारको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!