सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ: अर्याल

Posted on: 11 Feb, 2017


कृष्ण कँडेल/माघ २९, बागलुङ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङ–२ को पाँचौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रममा बौल्दै सहकारीका सल्लाहकार संयोजक तुल्सिराम आर्यालले सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । 

उहाँले सहकारीबाट कर्जा लिएर उद्यामी बनि आम्दानी हुने रकम बचत गरेर सहकारीसँग नियमित आर्थिक कारोकार गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । 

सहकारीका ज्यष्ठ सेयर सदस्य बलबहादुर पुनले बचत बृद्धि र ऋण असुलिलाई प्राथमिकतमा राखेर काम गर्न सहकारी सञ्चालक समितिलाई सुझाव दिनुभयो । कार्यक्रममा सञ्चालक समिति सदस्य उमलाल सुवेदी, पत्रकार कृष्ण कँडेल र छविलाल पाण्डे, सेयर सदस्य जीतबहादुर कुँवर लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा सहकारीका अध्यक्ष ददिराम शर्माले अध्यक्षको मन्तव्य, सचिव चुडामणी भुषालले बार्षिक प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना, कोषाध्यक्ष बालसम कुँवरले आर्थिक प्रतिवेदन, लेखासमिति संयोजक टेकबहादुर कुँवरले लेखापरिक्षण प्रतिवेदन र ऋण उपसमिति सदस्य जीतबहादुर कुँवरले ऋण उपसमितिको प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । 


सहकारीले गत आर्थिक बर्षमा कुल ७४ लाख ६८ हजार १० रुपैयाँ कारोवारबाट प्राप्त नाफाबाट शेयर सदस्यलाई ११ प्रतिशत बोनस वितरण गरेको छ । 

सहकारीको सेयर पुजी ५० लाख ४४ हजार  र बचत १० लाख ७३ हजार ३ सय ५५ रुपैयाँ गरेको छ । साधरणसभाले सेयर सदस्य तथा सेयर पुजि र बचत समेत बढाउने निर्णय गरेको छ । 

कार्यक्रम सहकारीका अध्यक्ष ददिराम शर्माको अध्यक्षता, सेयर सदस्य पुर्णप्रसाद सापकोटाको स्वागत र सचिव चुडामणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!