बैतडी स्वास्थ्य संस्थाको नाममा नभएको बेरुजु पठाईयो

Posted on: 16 Feb, 2017

सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खुलासा भएको छ ।

स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन  शाखाले जिल्ला स्वास्थ्य कार्यालयको नाममा झुटो बेरुजु निकालेपछि यस्तो खुलासा भएको हो । 

मन्त्रालयले कार्यालयको नाममा ४८ लाख ८५ हजार बेरुजु पठाएको तर जिल्ला स्वास्थ्य कार्यालयको नाममा ३ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ मात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

कार्यालयको नाममा २०६० सालदेखि रहेको कुल बेरुजु मध्ये ३ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ मात्रै रहेको तर स्वास्थ्य सेवा विभागको आर्थिक प्रशासन शाखाले ४८ लाख बढी बेरुजु देखाएपछि आफू अचम्ममा परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

उनले भने, नभएको बेरुजु देखाएपछि सबै कागजपत्र बोकेर मन्त्रालयमा जान लागेको अवस्थीको भनाई छ ।

कार्यालयको नाममा त्यति बेरुजु भए म सजायँ तिर्न तयार छु । तर, कार्यालयको नाममा अनावश्यक बेरुजु देखाएर जिल्लाको स्वास्थ्य सूचकांक समेत पछाडि धकेलिएको छ ।’

कार्य सम्पादन मुल्याङ्कनमा जिल्ला स्वास्थ्य कार्यालय बैतडी देशभरी नै तेस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा आउन लागेको बैतडीलाई उक्त कृते बेरुजुले २ नम्बर पछि धकेलेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!