सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु

Posted on: 17 Feb, 2017


सुरेश भट्ट/फगुन ६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको  खुल्लामञ्चमा १०औ सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सबको सुरु भएको छ  ।

कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारदेखी सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु भएको हो । महोत्सव को उद्घाटनमा सुदुरपश्चिमको लोक संस्कृती, डेउडा, छलीया, नृत्य तथा कैलाली र कञ्चनपुरमा मात्र रहेका राना समुदायको संस्कृतीको प्रदर्शन गरिएको  थियो ।

महोत्सब मा बिभिन्न कृषी यन्त्र हरुको प्रदशनी, स्थानीय उत्पादन हरुको प्रदशनी, घरेलु बस्तु हरु को ब्यापार प्रबर्धन, स्वदेशी गारमेन्टहरुको बजार प्रबर्धन  गर्ने महोृत्सब को उदेश्य रहेको कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश रावले बताउनु भएको छ ।


महोत्सब मा बिभिन्न समुदाय को लोक सस्कृती का साथै हास्य ब्यङग् , दोहोरी डेउडा, राना थारु, चौधरी थारुको नृत्यका साथै स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत बिषेश प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सब अवलोकनका लागी आयोजकले सहुलियत रु २५ र साधारण तर्फ ५० रुपैया टिकट निर्धारण गरेको छ ।

फागुन १५ गते सम्म चल्ने महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका  साथै छिमेकी मुलुक भारतबाट समेत सर्बसाधारण आउने आयोजकले आंकलन गरेको छ भने महोत्सब अवधीभर ५ करोड भन्दा बढिडको कारोबार हुने अपेक्ष राखिएको छ ।

कार्यक्रमको उद्घाटन कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश रावल, ब्यवस्थापिकाका सासंद बहादुर सिह थापा, कलशा महरा, दुर्गा खुना, कृपाराम राना लगायतले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!