प्रजातन्त्र दिवसमा कुर्सि खेल देखि घोडादौड प्रतियोगितासम्म (फोटोफिचर)

Posted on: 18 Feb, 2017


टेक शाही/फागुन ७, डोल्पा । ६७ औँ प्रजातन्त्र दिवस भब्यरुपमा मनाइएको छ । 

प्रजातन्त्र दिवसको अबरसरमा म्यूजिक चियर,लोकदोहोरी प्रतियोगिता र घोडादौड प्रतियोगिताको आयोजना गरि मनाइएको हो । हरेक बर्ष जस्तै यस बर्ष पनि घोडादौड प्रतियोगितको आयोजना गरिएको स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

म्यूजिक चियर अर्थात कुर्सि खेलमा २४ जनाले सहभागिता जनाएका थिए भने जस मध्य दिलु केसि प्रथम, रेवति न्यौपाने दृतिय र मनकोइला बुढा तृतिय भएर बिजेता बन्नु भयो । उहाँहरुलाइ क्रमशः नगद ३ हजार २ हजार र १ हजार प्रदान गरिएको सँयोजक सम्झना अधिकारिले जानकारि दिनु भयो । 


त्यसै गरि दोहोरी प्रतियोगितामा डोल्पाली टिम,कर्मचारि टिम र महिला टिम गरि ३ टिमले सहभागिता जनाएकोमा सुरेश शाहीको टिम प्रथम भइ नगद ७ हजार र बिमला बुढाको महिला टिम दृतिय भइ ५ हजार नगद प्रदान गरिएको दोहोरि तथा खुर्सि खेल सँयोजक सम्झना अधिकारीले बताउनु भयो। 

त्यसै गरि कम्तीमा पनि ३ हजारको हाराहारीको सँख्यामा अबलोकन गरेको घोडादौड प्रतियोगितामा भने २० वटा घोडाले प्रतिसप्रर्धा गरेका थिए । २० वटा घोडा मध्य तिन चरणमा दौडाइएकोमा फाइनलमा ४ वटाले परस्कार हात पारेका छन । लिकु गाविस वडा नँ ७ मुहुका कर्ण बहादुर बुढाको घोडाले प्रथम स्थान हाँसिल गरि नगद रु २२ हजार हात पारेको छ । त्यसै गरि त्रिपूराकोट ७ रसिको चन्द्रमान महताराको घोडाले द्धृतिय स्थान हाँसिल गरि नगद रु १५ हजार हात पारको छ । 


अनि काईगाँउ गाविस वडा नँ ५ काईगाँउका हिमाल जि.सि.को घोडाले तृतिय स्थान हाँसिल गरि नगद रु १० हजार हात पार्यो भने त्रिपूराकोट गाविस वडा नँ ६ रुमका बिष्णु थापाको घोडाले सान्त्वणा स्थान हाँसल गरि नगद रु ५ हजार पुरस्कार हात पारको घोडादौड प्रतियोगिता सँयोजक नर बहादुर बुढाले जानकारि दिनु भयो । 


घोडादौड प्रतियोगिताको लागि २० वटा घोडाले दौडका लागि दर्ता गराएका थिए । प्रति घोडा १ हजार नगद शुल्क लिएर दौडाको लागि नाम दर्ता गरिएको थियो । घोडा दौडकै क्रममा पाहाडा ९ का एक जना लडेर घाइते भएका छन । उनको टाउकोमा चोट लागेपछि जिल्ला अस्पतालको आकास्मीक उपचार टोलीले उपचार गरेको तत्काल जिल्ला अस्पतालमा लगेर थप उपचार गारइएको र अनको अबस्था सामान्य रहेको जिल्ला अस्पतालले जानकारि दिएको छ । 


बिबादकै बिचमा सूरु भएको घोडादौड प्रतियोगिता हेर्नको लागि सदरमुकाममा ३ हजार भन्दा बढि मानिसको घुइचो लागेको थियो । ठुलो सँख्यामा एकै पटक मास आउने भएको कारण सुरक्षामा चुनौति रहेको र आजको कार्यक्रममा कुनै पनि अप्रिय घटनाहरु नँघटेको र सुरक्षा ब्यवस्था कडाइ गरिएकोले सबैले राम्रो सरक्षाको अनुभुति गरेको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । घोडादौड प्रतियोगिताकै लागि ठुलो सँख्यामा प्रहरि परिचालन गरिएको थियो । 

यस बर्ष घेराबार भत्काएर भए पनि घोडादौड गरीए पनि आगामि बर्षमा अन्य कूनै बिकल्प लिएर प्रतियोगिता गनू पर्ने र यस बर्ष भत्काइएको घेराबार जिल्ला बिकास समिति डोल्पाको मार्फत आफनै जनशक्तिमा निमार्ण गर्ने सथानिय बिकास अधिकारि सागर मिश्रले प्रतिबद्धता जानाउनु भएको छ । ६७ औँ प्रजातन्त्र दिवस मनाउन सहयोग गरेकोमा सहयो्गि सबैलाइ धन्यबाद दिदै स्थानिय बिकास अधिकारिले कार्यक्रमको समापन गर्नु भएको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!