कञ्चनपुरका बिभिन्न शिव धाममा दर्शनार्थीहरुको घुइचो

Posted on: 24 Feb, 2017


सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाका बिभिन्न शिब धाममा दर्शनार्थी हरुको घुइचो लागेको छ । 

फागुन कृष्ण चर्तुदशीका दिन पर्ने यो महाशिव रात्रिमा विभिन्न मनोकाक्षृा पुरा हुने विश्वासका कारण पुजा अर्चना गर्नेको घुईचो लागेको हो ।

आजका दिन शिव भगवा्नको जन्म दिन र शिव पार्वतीको बिवाह भएकाले आजका दिनमा हिन्दु धर्मावलम्वीहरुले देशै भरका शिव शक्ति पिठहरुमा पुजा अर्चना गरी मनाउने गरिन्छ ।

भक्तजन बिहानै उठी स्नान गरी दिन भरी ब्रत बस्छन् भने आजका दिन मागेको पुरा हुने जन विस्वास पनि रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!