शैक्षीक एवम धार्मीक महोत्सव तथा महायज्ञमा २ करोड बढिको कारोबार

Posted on: 25 Feb, 2017

कमल रावल/फागुन १४, अछाम । अछाम शैक्षीक एवम धार्मीक महोत्सव तथा महाँयज्ञ २०७३ को आयब्याय सार्वजनिकीकरण समारोह आज सम्पन्न भएको छ । 

अछाम बहुमुखी क्याम्पसलाई डिग्रि तह सञ्चालन गर्न तथा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि यहि माघ २१ देखी २८ गतेसम्म सञ्चालन भएको महाँयज्ञको सम्पूर्ण आय ब्यय सार्वजनिक गरिएको हो । 

कार्यक्रमका अवसरमा मुल आयोजक समितीका बरिष्ठ कोषाध्यक्ष रमेश बहादुर रावलले कुल जम्मा २ करोड १ लाख ९५ हजार ४ सय १ बरावर दान संकलन भएको र २७ लाख १५ हजार ३ सय ३४ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा जग्गा दानवाट ९७ लाख ७७ हजार ५५, सुन दानवाट २५ हजार १ सय ७१ र बाँकी सबै नगद दान संकलन भएको थियो । हालसम्म बैंकमा १९ लाख ९ हजार ७ सय २२ रुपैयाँ जम्मा रहेको र नगद ९ हजार ७ सय ८६ रुपैयाँ जम्मा रहेको जाँनकारी गराईएको थियो । 

यस्तै दान घोषणा गरेका दाताहरुलाई एक महिनाभित्र आफुले दान गरेको रकम मुल समितीको खातामा जम्मा गरिदिनका लागि पनि अनुरोध गर्ने निर्णय भएको छ । संकलीत रकमलाई सहि सदुपयोग गर्नका लागि बैठकमा बृहत रुपमाछलफल समेत गरिएको थियो । 

महोत्सव मुल आयोजक समिती संयोजक तथा क्याम्पस सञ्चालक समिती अध्यक्ष पदम बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अछामका स्थानिय विकास अधिकारी तोयानारायण सुवेदी प्रमुख अतिथी रहनुभएको थियो । 

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी झंकरबहादुर बिष्ट र मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैशी ढुंगाना बिशिष्ट अतिथी रहनुभएको थियो । बिभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, प्रमुख दान दाताहरु, पत्रकार, मुल समिती र उपसमितकिा पदाधिकारी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा क्यामपस प्रमुख छत्र बहादुर बिष्टले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन उदयराज ढुंगानाले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!