रामेछापमा भुकम्प जादाँ एक जनाकाे मृत्युु

Posted on: 27 Feb, 2017

प्रज्वल पाैडेल । फागुन १६, रामेछाप । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भाग्ने क्रममा गेलु गाविस वडा नं ६ काउँलेका ज्ञानकुमार तामाङकाे मृत्यु भएकाे हाे । घरकाे अागँनकाे पर्खालबाट चिप्लिएर कान्लामुनि खस्दा तामाङकाे मृत्यु भएकाे गेलुका पूर्व गाविस अध्यक्ष कृष्णहरि अधिकारीले जानकारी दिनुभयाे  ।उनी केही दिन देखि बिरामी भएकाे बताइएकाे छ ।

साेहि समयमा सदरमुकाम मन्थलीमा भुकम्प अाएपछि भाग्नेक्रममा जिल्ला हुलाक कार्यालय रामेछापका सुब्बा कमल कटुवालको छोरा शाहिल कटुवालको गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । लगतै बिहान १०:०६ मा दोश्रो भूकम्प (४.७ रेक्टरको) रामेछापलाई नै केन्द्रबिन्दु बनाई गएको थियाे ।

भूकम्पका दुई कम्पन पछि पनि अरु दुईवटा साना कम्पन गएका छन् । त्यसपछि पनि पटक पटक कम्पन हुन थालेपछि अझ ठुलाे भुकम्प अाउने त्रासले सर्वसाधारणहरू बाहिर बसेका छन् । भुकम्पले रामेछापका अन्य स्थानमा समेत केही घरहरू भत्किएको बताइएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!