कालिकोटमा माटोको ढिस्कोले पुरीएर एकको मृत्यु, सात जना घाईते

Posted on: 01 Mar, 2017


दलसिंह गिरी/फागुन १८, कालिकोट । घरलिप्नको लागि प्रयोग गरिने रातोमाटो कोर्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरीएर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भने ७ जना गम्भिर घाईते भएका छन् । 

जिल्ला सदरमुकाम मान्मको वडा नं. ८ ताडिमा रातो माटो कोर्दै गर्दा छोपिएका ८ जनाको तत्काल उद्धार गर्दै गर्दा स्वही वडा की अन्दाजी २३ बर्षिया सितापाण्डेको घटना स्थलमै मृत्यु भएको छ भने गम्भिर घाईते सात जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

आज दिउसो २ बजेतिर भएको घटनामा परी घाइते हुनेमा वडा नं. ८ कै अम्बिका पाण्डे, विन्दु पाण्डे, बुची पाण्डे, बुदी पाण्डे, कमला पाण्डे, वडा नं. ९ की कलदरी पाण्डे, वडा नं. ७ की आइती विक रहेका छन् ।

वडा नं. ९ निवासी सर्जन पाण्डेको घर निर्माणको लागि डोजर प्रयोग गरी जग खन्ने क्रममा देखापरेको रातोमाटो कोर्दै गर्दा यस्तो घटना घटेको हो । घटना घटेलगतै स्थानीयवासी, जिल्ला प्रहरी कार्यालयबाट खटिएको उद्धार टोली र डोजर प्रयोग गरी सबैको उद्धार गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!