विरामी भाले गैंडा मर्यो

Posted on: 04 Mar, 2017

सास । फागुन २१, बर्दिया ।

लामो समयदेखि विरामी अवस्थामा रहेको भाले गैंडा मृत अवस्थामा फेला परेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका अन्तर्गत शिवपुर र सोतखोला बीचमा गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । मृत भएको स्थामा गैंडाका सबै अङ्गहरु सुरक्षित रहेको बताइएको छ । 

गत वर्ष फागुनमा वन मन्त्रालयले चितवन निकुञ्जबाट ५ ओटा गैंडाहरु बबई उपत्यकामा स्थानान्तरण गरेको थियो । यसैबीच गत माघ १ गते गैंडाको एउटा बच्चालाई भने बाघले खाएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!