माओवादी केन्द्रको बनौमा भातृ संगठन विस्तार (फोटोफिचर)

Posted on: 05 Mar, 2017


फागुन २२, पर्वत । प्रस्ताविक जलजला गाउँपालिका ९ बनौमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल तथा अखिल नेपाल महिला संघ विस्तार भएको छ ।

केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारीको नेतृत्वमा गाउँ जागरण अभियानका क्रममा बनौ पुगेको माओवादी केन्द्रले ३५ सदस्यीय वाइसिएल कमिटि र २१ सदस्यीय अखिल नेपाल महिला संघ विस्तार गरेको हो ।


कार्यक्रममा  केन्दिय सदस्यहरु वावुराम कार्कि ,दिपक आचार्य जिल्ला सचिवालय सदस्यहरु भोजवहादुर परियार युद्ध, गौवहादुर पुन ,मनोज पुन , टक वहादुर पुन लगायतले शुभकामना दिएका थिए  भने उक्त कार्यक्रम को अध्यक्षता वडा अध्यक्ष निर्मल पुन, स्वागत सचिव टेकु पुन र सञ्चालन निवतमान सचिव मीन व पुन ले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!