पहिलो बज्रगूरु दुङग्यूर जप महापूजा डोल्पाको केन्द्रीय गुम्बामा सम्पन्न

Posted on: 16 Mar, 2017


टेक शाही/चैत ३, डोल्पा । डोल्पा केन्द्रीय गुम्बामा बज्रगूरु दुङग्यूर जप महापूजा समपन्न भएको छ । 

सोमबार देखि भएको महा पूजामा डोल्पो बुद्ध राणाग रिन्छेन रिम्पोछे ज्यूको उपस्थितिमा गरिएको थियो । सोहि अबसरमा बिहिबार पहिलो पटक बज्रगूरु दुङग्यूर जप महापूजा पछि बिभिन्न लामा नाँचका साथ दुनैमा रहेका बिभिन्न बिद्यालयहरुले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरि समापन गरिएको छ । 


दिउसो १२ बजे पछि सँचालन भएको बृहत साँस्कृतिक कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम गरि समापन गरिएका्े थियो । आमण्त्रण गरिएका बिद्यालयले साँस्कृतिक प्रस्तुति राखे पछि उनिहरुको प्रोत्साहन स्वरुप परस्कार बितरण गरिएको थियो । शहरताराका बिभिन्न गाँउ बस्तिबाट लामा नाच अर्थात साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो त्स्तै साल्दागँ र तिन्जेका महिलाहरुले पनि स्याब्रो नृत्य प्रस्तुत गरेका थिए । 


यसौँको सँख्यामा उपस्थित भएका दर्शकको बिचमा बिभिन्न नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम भरि नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सहभागिलाइ डोल्पो बुद्ध राणाग रिन्छेन रिन्पोछे र प्रमूख लामा छयागँ लामाले सँयूक्त रुपमा खादा लागाएर नगद परस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा डोल्पा केन्द्रीय गुम्बाका अध्यक्ष शेर बहादुर राणाले प्रमूख जिल्ला अधिकारि,जिल्ला समन्वय समिति लगायत जिल्लाका सबै सरकारी निकायका प्रमूखहरुले आफुले गरेको कार्यक्रमको ब्यवास्ता गरेको र आफुले दिएको निमण्त्राणालाइ अपहेलाना गरेको भन्दै खेद ब्यक्त गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!