दमकलले ल्याएको खुशी

Posted on: 19 Mar, 2017

प्रभात सुवेदी । चैत्र ६, बर्दिया । 

जिल्लाको राजापुर नगरपालिकामा आजदेखि दमकल सेवा शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।

 

सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरीद गरिएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । साथै वहाँले दमकल सेवा शुरु भएपछि अब राजापुर लगायत वरपरका जनताले आगलागीका घटनाबाट हुने धनजनको क्षती न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनु भयो । 

यसरी सञ्चालनमा ल्याइएको दमकल अहिले भने नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयबाट संचालन गरिने र दिगो व्यवस्थापनका लगि छिट्टै नै आवश्यक मानव संसाधनको व्यवस्थापन गरिने कार्यकारी अधिकृत खनालले बताउनुभयो । 

राजापुर क्षेत्रमा आलागलागीका घटना भएमा ईलाका प्रहरी कार्यालयको फोन नं. ०८४–४६०१९९, सशस्त्र प्रहरी फोन नं.०८४–४६०५२५ र राजापुर नगरपालिकाको कार्यालय फोन नं. ०८४–४६०१११ मा सम्र्पक गर्न सकिने बताइएको छ ।

राजापुर तथा यस वरपरका क्षेत्रहरुमा विशेषगरी गर्मी मौसममा आगलागीका घटनाहरु हुने गरेकोले अब दमकल सेवाको प्रारम्भ भएसँगै यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने कोठियाघाट राष्ट्रिय साप्ताहिकका प्रकाशक गान्दिप कायस्थले बताउनुभाये । यसैगरी राजापुुर नगरपालिका स्थापना भएदेखी नै स्थानियबासीबाट दमकलको माग गरिएको र सो अनुरुप दमकल आएपछि स्थानीय बासिन्दाहरु निकै खुशी भएका र यसबाट आगलागीका घटनाहरुबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि सघाउ पुग्नेमा ने. क.पा माओवादी केन्द्रका दिपेश थारु विश्वस्त हुनुहुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!