तेलको ट्याङकी बीना नै चल्छन ग्रामीण सडकमा जीपहरु

Posted on: 21 Mar, 2017


धिराज आर.सी./चैत ८, जाजरकोट । जाजरकोटका पुर्बी रुटमा तेल ट्याङकी बीनानै जीपहरु चल्ने गरेका छन । खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म चल्ने यात्रुबहाक जीपहरु तेल ट्याङकी बीनानै चल्दै आएका छन ।

जर्किनवाट तेल चुहावट भएर जीप भित्रै आगलागी हुने, अफ्ठेरो ठाउँमा जर्किनवाट पाईपमा तेल सप्लाई नभएपछि जीप नियन्त्रण भन्दा बाहीर जान सक्ने र स्तर उन्नती नभएको जोखिम कच्ची रोडमा ट्याङकीको सट्टामा जर्किनवाट तेल सप्लाई गरिएका जीपको यात्रा गर्न निकै जोखिम रहेको यात्रुहरु बताउछन् । 


खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म विगत तीनबर्ष देखि १२ वटा यात्रुबहाक जीपहरु सञ्चालनमा रहेका छन् । रुकुमको राडी देखि जाजरकोट, खगेनकोटको मन्मैमा टुईनद्धारा भेरी नदी तारीएका महेन्द्र कम्पनी र मुस्ताङ्गी प्राय जीपहरु तेल ट्याङकी बीनानै चल्ने गरेका छन् । 

तेल ट्याङकीको सट्टामा जर्किनमा तेल राखेर पाईपद्धारा ईन्जनमा तेल सप्लाई गर्ने ब्यबस्था गरिएको छ । जर्किनमा तेल राखेर पाईपद्धारा ईन्जनमा तेल सप्लाई गरेर सञ्चालनमा आधा र्जजन जीपहरु रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!