पर्वतमा अर्को कृतिमानी अग्लो पुल बन्ने

Posted on: 24 Mar, 2017

पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी थालिएको हो । मोदी नदिमाथि निर्माण हुन लागेको पुलको लम्बाई ३ सय ५९ मिटर अनुमान गरिएको छ ।

२ करोड २० लाखको अनुमानित लागतमा उक्त पुलको निर्माण कार्य अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शिव बरालले बताए ।  झोलुंग पुल निर्माणका लागि पहिलो चरणको लागत इन्टिमेट सहितको डिटेल सर्भे सकिएको छ उनले साझा सवालसँग भने ।


स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले उक्त सर्भेको रिपोट जिल्ला प्राविधिक कार्यालयमा उपलब्ध गराएको छ । उक्त रिर्पोटलाई ट्रेल व्रिज सर्पोट युनिटको अन्तर्गतको आरटिएपिले प्रमाणित गरेपछि पुल निर्माणको प्रक्रिया थप अगाडि बढ्ने छ । पुलको निर्माणसँगै पिपलटारी, कटुवाचौपारी, ठुलिपोखरी, कार्किनेटा र थापाठानाका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।

 

यो झोलुंग पुलको निर्माणसंगै कुश्मामा चार वटा नेपालका अग्ला झोलुंग पुल निर्माण हुनेछन् । यस अघि कुश्मा ज्ञादी झोलुंगे पुल, बडागाँउ–कैया झोलुंगे पुल र कुश्मा–मुडिकुवा झोलुंगे पुल सञ्चालनमा आइसकेका छन्  । पर्यटकीय क्षेत्रका रुपमा विकसीत हुदै गएको कुश्मा बजारमा बन्जिजपको लागि कालीगण्डकी नदीमाथि पुल निर्माण कार्य भैराखेको छ । जेठ महिनाभित्र उक्त पुल सम्पन्न भए जिल्लामा पर्यटकले खचाखच भरिने विश्वास लिइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!