महासंघमा नवलपरासी जिल्ला शाखाबाट गुणनिधि तिवारी र भरत थापा भिड्दै

Posted on: 24 Mar, 2017

चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्षेत्री (भरत थापा) केन्द्रिय सदस्य पदका लागि महासंघमा भिडने भएका छन् । 

आसन्न २९ गते हुन लागेको महासंघको चुनावमा उद्योग वाण्ज्यि संघ नवलपरासीले गुणनिधि तिवारीलाई प्रदेश ५ को संयोजक र भरत थापालाई महासंघको केन्द्रिय सदस्य पदमा चुनाव लडन सिफारिश गरेको संघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो ।

महासंघको चुनावमा शेखर गोल्छा र किसोर प्रधानको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिदै छ ।

तिवारी र थापा दुईटै उम्मेदवार शेखर गोल्छाको प्यानलबाट चुनावमा भिडने बताइएको छ ।

महासंघको चुनाव नजिकिदै जाँदा तिवारी र थापा विभिन्न जिल्ला/नगर शाखाहरु भिजिट गर्दै चुनावी तयारीमा लागेका छन् । 

चुनावी प्रतिस्पर्धामा उत्रिते तिवारी र थापा शेखर गोल्छा प्यानलमा बलियो उम्मेदवारको रुपमा रहेको व्यापक चर्चा छ ।

व्यापक चर्चामा रहेको यि उम्मेदवारहरु चुनावी क्याम्पिङ्गमा रामै लागेको पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!