दैनिक हिमपातले माथिल्लो डोल्पाको जनजिवन प्रभाबित तल्लो डोल्पाका कृषक खुशी

Posted on: 06 Apr, 2017


टेक शाही/चैत २४, डोल्पा । केहि दिन देखि परेको दैनिक हिमपातले माथिल्लो डोल्पाको जनजिवन प्रभाबित भएको छ । 

५८ सय मिटर सम्मको उचाइमा रहेको माथिल्लो डोल्पका बस्तिममा दैनिक हिमपात हुने र चिसो झनै बढ्दै गए पछि जनजिवन प्रभाबित भएको छार्काका स्थानियहरु बताउनछन । 

माथिल्लो डोल्पाका साबिकका ७ गाविस अर्थात शे–फोक्सुण्डो गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका र छर्का ताङसोङ गाँउपालिकाका स्थानिय हिमपात र चिसोबाट प्रभाबित भएका छन । खेतिपाति सूरु हुने बेला पनि भएको र शहरका बिभिन्न ठाँउबाट माथिल्लो डोल्पामा जानको लागि आएका स्थानियहरु सदरमुकाम दुनैमा बस्न बाध्य भएका छन । 

माथिल्लो डोल्पा जान अग्ला अग्ला पासहरु काटेर जानु पर्ने र सबै हिमपातले सेताम्य भए पछि दुनैमा बस्न बाध्य भएका हुन । यसरि चैत्रका तेस्रो साता देखि दैनिक हिमपात भए पछि माथिल्लो डोल्पाका बिद्यालय पनि बैशाखको पहिलो साता देखि सञ्चालनमा आउने सम्भाबना कम देखिएको छ । हरेक बर्ष माथिल्लो डोल्पामा बैशाखको पहिलो साता देखि मात्र नयाँ शैक्षिक सत्र सूरु हुने गर्दछ । हाल माथिल्ला डोल्पाका सबै बिद्यालयहरु बन्द रहेका छन । 


फागुनको अन्तिम सातामा परेको हिमपात र चैत्रको तेस्रो साता देखि परेको पानिले तल्लो डोल्पाका कृषकहरु खुसि भएका छन । यति बेला मकै,आलु,कोदो लगायतका बालि लागाउनको लागि खेत जोत्ने भएकोले आज भोली परेको पानि कृषकको लागि लाभदायिक हुने कृषकहरु बताउछन । तल्लो डोल्पाका सबै गाँउमा खेति गर्न कृषकहरु ब्यस्त रहेका छन । 

बिगत ३ बर्ष पछि गएको फागुन अन्तिम साता भारि हिमपात भएको थियो । हिउदमा हिउ पर्दा त्यस बर्षको कृषिमा उत्पादन राम्रो हुने कृषकहरुको दाबि छ । चैत्र र बैशाखमा पानि पर्नु स्वास्थ्यका हिसाबले पनि राम्रो हुने बुढापाकाको भनाइ रहेको छ । 

पानि पर्दा धुलो कम हुने र सरुवा रोगहरु पनि फैलन नँपाउने भएकोले स्वास्थयको लागि राम्रो हुने स्थानिय बुद्धिजीविको भनाइ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!