डोल्पामा साबिकका ७ गाविसमा भिस्याट फोनको १२ लाखबढी बक्यौता तिर्न बाँकी

Posted on: 11 Apr, 2017


टेक शाही/चैत २९, डोल्पा । डोल्पा जिल्लामा साविकका ७ वटा गविसको भिस्याट फोनको बक्यौता तिर्न बाँकि रहेको नेपाल टेलीकम दुर सञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ ।

भिस्याट फोनको बक्यौता तिर्न बाँकी रहेका साविकका गाविसहरुमा नर्क, सर्मी, रह, शहरतारा, फोक्सुण्डो, साल्दाङ्ग, शे गुम्बा र माझफाल गाविस रहेका छन । हाल सम्म पनि भिस्याट फोनको बक्यौता नँतिरेका गाविसमा नर्कमा रहेको पहिलो फोनको २ लाख ७१ हजार १ सय १८ रुपैया १३ पैसा छ भने दोस्रो फोनको १ लाख २ हजार ७ सय २१ रुपैया ६० पैसा बक्यौता रहेको छ । त्यसै गरि सर्मि गाविसमा रहेको भिस्याट फोनको १ लाख २७ हजार ३ सय ३१ रुपैया ४७ पैसा रहेको छ । 

त्यस्तै शहरतारा गाविसको फोनको १ लाख २६ हजार २ सय २७ रुपैया १४ पैसा छ । फोक्सुण्डो गाविसमा भिस्याट फोनको ५७ हजार ५ सय ५ रुपैया ६५ पैसा बक्यौत तिर्न बाँकी रहे्को छ । 

त्यस्तै गरि साल्दाङ्ग गाविसको भिस्याट फोनको १ लाख ५८ हजार ९ सय ४१ रुपैया ४ पैसा बक्यौता रकम रहेको छ ।

 शे गुम्बा महोत्सव अर्थात बाह््रबर्षे मेलामा गाविसको सिफारिसमा जडान गरिएको २ वटा भिस्याट फोनको २ लाख ५५ हजार ७ सय ६५ रुपैया ३४ पैसा बक्यौता तिर्न बाँकी रहेको छ । त्यस गरि रह गाविसको ३६ हजार ९ सय ६२ रुपैया १५ पैसा बाँकि रहेको छ र माझफाल गाविसमा भिस्याट फोनको ३५ हजार ७ सय ८२ रुपैया २५ पैसा बक्यौता रकम रहेको नेपाल टेलीकम निमित्त कार्यालय प्रमूख नवराज भट्टराइले जानकारि दिनु भयो । 

७ वटा गविस र शे गुम्बामा गरि बक्यौता तिर्न पर्ने रकम कुल १२ लाख ५२ हजार ३ सय ५१ रुपैया रहेको पनि भट्टराइले बताउनु भयो । हरेक साबिकका गाविसमा भिस्याट फोन जडान गरेको भए पनि धेरै गाविसमा बन्द गरिएको केहि गाविसमा हाल पनि सँचालनमा रहेका र ७ वटा गाविसले हाल सम्म पनि बक्यौता नतिरे पछि अब तत्काल बक्यौता तिर्न पत्रचार गर्न लागिएको भट्टराइले बताउनु भयो ।

 यसरि जनताले फोन गरे पछि उठन आएको बिल अनुसार नेपाल टेलीकमले सरकारलाइ कुल बजेटको २४ प्रतिशतका दरले ३ लाख ५ सय ६४ रुपैया २४ पैसा कर तिरी सकेको र अब बाँकी रहेको बक्यौता प्रशासन मार्फत पत्राचार गरेर भए पनि असुल गर्ने नेपाल टेलीकम दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!