चालकले बेहोस अवस्थामा छाडेकी महिला भारतको बरेली रिफर, मुद्धा दर्ता हुदैन: प्रहरी

Posted on: 12 Apr, 2017


सास/चैत ३०, बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिका–२ कपलकोटकी ३६ वर्षिय गौरा महरा आफन्तलाई भेट्न दोगडा केदार गाँउपालिकाको न्वाली भन्ने ठाँउमा आफन्तलाई भेट्न जादै थिईन् ।

सिल्लेगडाबाट से १ ज १२० नम्बरको सवारी जिपमा चढेकी महरालाई ड्राइभरले सम्बन्धित ठाँउमा उत्रन नदिई उत्रने ठाँउबाट करिब ८ किलोमिटर ताढा ढीकगाड भन्ने ठाँउमा उतारेको पीडीत महिलाको भनाई छ ।

आफन्तले पटक–पटक पटक फोन गर्दा चालकले राती करिब १० बजेतीर सम्बन्धित ठाँउमा ल्याई बेहोस अवस्थामा छोडेको पीडितका आफन्त भिमसिह कार्किले बताए । महिलाको दाँयाकानमा रहेका सुनको बाली खोलिएको, कपाल फिजिएको बेहोस अवस्थामा फेला परेपछि पीडितका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला अस्पताल बैतडीले महिले महिलाको अवस्था सामान्य  रहेको भनेपनि पछि पीडितको दबावका कारण ठाँउकोमा चोट लागेकी महरालाई सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको थियो । सेती अञ्चल अस्पतालमा पनि उपचार हुन नसकेपछि उनलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

नेपालगञ्जमा पनि महिलाको उपचार हुन नसकेपछि पीडित महिलालाई भारतको बरेली रिफर गरिएको छ । पीडितका आफन्त न्यायको लागि विगत ३ दिन देखि सदरमुकाममा घुमिरहेका छन् ।

सवारी घटना भएकाले मुद्धा दर्ता गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले बताए । तर पीडितका आफन्तले त्यस्तो दर्दनाक घटना हुदा समेत प्रहरीले मुद्धा दर्ता गर्न नमानेको आरोप लगाएका छन् ।

आफुहरु आर्थिक रुपमा कमजोर भएकाले प्रहरीले मुद्धा दर्ता गर्न नमानेको पीडितको आरोप छ । महिलाको अवस्था झन गम्बीर बन्दै जानु, प्रहरीले मुद्धा दर्ता नगर्नु, पीडितका आफन्त सदरमुकाममा न्यायका लागि घुमिरहनु र जिल्ला अस्पतालले महिले महिलाको अवस्था सामान्य छ भन्नुले घटना झन रहस्यमय बन्दै गएको छ । पीडितले ठाँउको चोट भएको बताएपछि अस्पतालले ठाँउको सम्बन्धि अफुहरुलाई थाहा नहुने भन्दै रिफर गरेका हुन् । 

चालक अहिले प्रहरीको हिरासतमा छन् । आरोपीका आफन्तपनि आरोपीलाई छुटाउन अनेक  कसरत गरिरहेका छन् । आरोपी पक्षका अनुसार महिलाले गाडीबाट हाम फालेकी हुन् ।

दर्दनाक अवस्थामा फेला परेकी एउटा महिलाको न्याय पाउने अधिकारमाथि पैसाको चलखेल नहोस !

तस्बिर: साझा सबाल

यस बिषयमा तपाइको प्रतिक्रिया...!