प्युठानमा महिलाको पाठेघर खस्ने समस्याको नि:शुल्क शिविर सञ्चालन

Posted on: 20 Apr, 2017


सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ । 

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेँको प्राविधिक सहयोग तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत , जिल्ला स्वास्थ्य कार्यालय प्युठान र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीको आयोजनाका सिविर सञ्चालन  गरिएको हो । 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पाठेघर महिलाको महत्वपूर्ण तथा संवेदनशील  अंग भएकाले यसको समस्या भएका विरामीहरुले सेवा लिन आग्रह  गरे । 

प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आथिथ्यता, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहको विशेष आथिथ्यता मा कार्यक्रम भएको हो । 

वैशाख १२ गते सम्म चल्ने शिविरमा रोल्पा र प्युठान जिल्लाका  अधिकांस महिलाले सेवा लिने अपेक्षा गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!