बझाङका मुख्य राजमार्गमै थ्रेसर लगाएर गहुँ चुट्दा सडक जाम

Posted on: 02 May, 2017


मकरराज धामी/बैशाख १९, बझाङ । सेती राजमार्ग अन्र्तगतको विभिन्न ठाउँहरुमा सडकमै थ्रेसर लगाएर गहुँ चुटदा सडक दिनहुँ जसो अवरुद्ध हुने गरेको छ । 

सडक अवरुद्ध हुने गरि थे्रसर लगाउदा पनि स्थानिय प्रासासन भने मौन बसेका छ । सेती राजमार्ग अन्र्तगतको थलारा गाउपालिका वडा नं ५ झनानामा सडकमै थ्रेसर राखेर गहुँ चुटदा यातायातका साधनहरु अवरुद्ध हुन थालेका छन् । 

सडक भरि गहुँ राखेर सडक जाम हुनुका साथै दुर्घटनाको भए पनि त्यतिकै हुने गरेको छ । पहिलो पटक ग्रामिण क्षेत्रमा मेसिनले गहुँ छुटन हेर्न वालवालिका सहित बृद्धबृद्धा पनि सडकमै आएर हेरी रहेका हुन्छन् । 

जति हर्न बजाउँदा पनि ठाँउ छोडदैनन् । सडक भरि पाल राखिएका हुन्छन् एक डेढ घण्टा जति जाममा बस्नु पर्छ एक को पालो सकिए पछि अर्काको पालो आउने बेलामा सडक छोड्ने गरेका छन् ।  

कृषकहरु र थ्रेसर लगाउने आफैले जान्नु पर्ने हो सडकमा थ्रेसर लगाउनु त्यति राम्रो होईन तर पनि यहाँको स्थानिय प्रसासन पनि यो विषयमा मौन बसेको चालकहरुको भनाई रहेको छ । बझाङका ग्रामिण क्षेत्रहरुमा सडक संजाल पुगे संगै कृषिका आधुनिक सामाग्रिहरु भित्रिने क्रम पनि बढि रहेको छ । 

पछिल्लो समयमा बझाङमा धान र गहुँ चुटन थ्रेसरको प्रयोग हुन थालेको छ भने केहि स्थानमा खेत जोत्न ट्याक्टरको प्रयोग हुने गरेको छ । यो महिना गहुँ भित्र्याउने समय भएकाले अहिले अधिकांस किसानहरुलाई गहुँ भित्र्याउने चटारो परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!