बिजुली बजारमा खतरनाक कार दुर्घटना: एकको मृत्यु, दुई जना घाइते

Posted on: 07 May, 2017


बैशाख २४, काठमाडौँ  । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ । 

घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!