प्युठानका पत्रकार एलबी थापा सम्मानित

Posted on: 08 May, 2017


बैशाख २५, प्यूठान । जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्याएको कामको प्रशंसा गर्दै पत्रकार एलबी थापा सम्मानित भएका छन् । 

जिल्ला समन्वय समिति प्यूठानले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा थापालाई पुरस्कृत गरेको हो । जिल्लामा पत्रकारीतको माध्यमबाट जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यको मूल्यांकन गर्दै थापा यो वर्ष जिल्लाको उत्कृष्ट पत्रकारिता पुरस्बाट सम्मानित भएका हुन् । 

हरेक वर्ष जिल्ला परिषद्मा प्रदान गरिने उक्त पुरस्कार यसवर्ष स्थानीय निकाय भंग भएपछि रोकिएको थियो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशी नगद दश हजार रुपैयाँ छ । विगत एक दशकदेखि जिल्लाको पत्रकारीतामा क्रियाशिल थापा हाल नागरिक दैनिक लगायतका मिडियामा आवद्ध छन् । 

साविकको जिल्ला विकास समितिले २०६४ सालदेखि विकासको क्षेत्रमा कलम चलाउने उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । नयाँ संघीय संरचना लागु भएदेखि चालु आ.व.मा जिल्ला परिषद नभएकाले पत्रकारिता दिवसको अवसरमा पत्रकार महासंघ प्यूठानको समन्वयमा थापा छनौट भएका हुन् । थापालाइ नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्मान गरेका हुन् ।

 थापा जिल्लामा पछिल्लो १० वर्षदेखि सक्रिय पत्रकारिता गरीरहेका छन् । यसअँघि पनि थापाले बिभिन्न संघ संस्था र कार्यालय एवं सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप थुप्रैपटक विकास पत्रकारिता पुरस्काबाट सम्मानित भएका छन् । 

कार्यक्रममा बोल्दै थापाले आफूलाई ब्यवसायिक र नागरिक पत्रकारिता गर्नमा थप जिम्मेवारी बढेको बताए । थापा नागरिक दैनिक, रेडियो कृपालु तथा उज्यालो नेटवर्क लगायतमा आम संचारका माध्यममा आवद्ध छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!