आज प्रकाशित एसइइ परिक्षा २०७३ को नतिजा यसरी हेर्न सक्नुहुन्छ

Posted on: 16 Jun, 2017

 ताराबहादुर महत। असार २, दोलखा । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।


नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. लीको सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने यस्तै उज्यालोको sms सेवा see टाइप गरेर सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ  
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. लीwww.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.लीwww.edukhabar.com, एनसेल प्रा. लीwww.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. लीwww.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.लीwww.ekantipur.com, क्याथ कोडेक्स प्रा. लीwww.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा. लीwww.ratopati.com, याक पव्लीकेशन www.khullapati.com, लोकान्तर साप्ताहिक प्रा. लीwww.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!