अर्घाखाँचीमा काँग्रेस र माओबादी केन्द्रबीच चुनावी तालमेल

Posted on: 17 Jun, 2017

असार ३, अर्घाखाँची । नेपाली काग्रेसको तर्फबाट केही दिन पहिला पत्रकार सम्मेलन गरेर सन्धिखर्क नगरपालिकाको मेयरमा कमलप्रसाद भुसाल र उममेयरमा कमला आचार्यको उम्मेद्धवारी दिने भनेर उनिहरुले आफना चुनाबि ऐजेण्डा समेत साबर्ज्निक गरे । 

लामो समय मेयर घोष्णा गरेपनि उपमेयर घोषणा गर्न सन्धिखर्क नगरपालिकामा काग्रेसले सकेको थिएन । तर केही दिन अघिमात्र काग्रेस सभापति सेरबहादुर देउवाको सिफारिसमा भन्दै उपमेयरमा कमला आचार्यको नाम एका एक चर्चामा आयो र पटक पटक पत्रकार सम्मेलनको सूचना दिए पनि पटक पटक स्थगीत गरेर बुधबार मात्र पत्रकार सम्मेलन गरेर मेयरमा कमलप्रसाद भुसाल र उपमेयरमा कमला आचार्य भनेर सार्बजनिक गरिएको थियो । 

यसरी उपमेयरमा चर्चामा आएका कमला आचार्य २ दिन पछि भने आफु माथी षड्यन्त्रको ताना बाना बुन्न थालेको पार्टी नेतृत्व प्रति आरोप लगाउदै भनिन् ’’ पार्टी सभापति सहित अन्य नेताहरु मेरो उपमेयर पदलाई अन्य पार्टीलाई बुझाउन अनुय बिनय गर्दै हिड्नु भएको छ भन्ने सुनेकि छु ,यसतो निर्णयमा मेरो घोर आपति छ’’ । 

आचार्यले थपिन ’’मलाई पार्टी केन्द्र जनताको सेबामा लाग्नु पर्दछ भनेर उपमेयरमा उम्मेद्धवारको रुपमा पठाएर शिक्षक पेशाबाट राजीनामा दिएर चुनाबमा होमिएको बेला उम्मेद्धवार संग र सिंगो पार्टीसंग छलफलनै नगरि आफु अनुकुल नेतृत्वले निर्णय गर्ने हो भने नेपालि काग्रेसलाई ठुलै घाटा हुन्छ, यदि महिला उपमेयर हुने अवस्थामा पनि अन्य पार्टीसंग तालमेलको बाहनामा पुरुष उम्मेद्धवारलाई काग्रेसले अगाडि सारेमा यो महिला आन्दोलन बाट प्राप्त उपल्वधी गुम्ने घतरा हुन्छ ,सुन्दै छु अन्या नगरपालिकामा पनि अन्य पार्टीहरुले पनि बिभिन्न बाहनामा सक्षम  महिला उम्मेद्धवारलाई हटाएर पुरुष उम्मेद्धवारलाई समर्थन गर्ने सुन्दा दु.ख लाग्यो यसरी मलाई पार्टीले उपमेयरमा नउठाई अन्यलाई सहयोग गर्ने निर्णय गरेमा प्राप्त उपल्बधीलाई रक्षा गर्नको लागी सन्धिखर्क नगरपालिकाबाट मेयर पदमानै मेरो उम्मेद्धवारी रहन्छ त्यो स्वतन्त्रनै किन नहोस । ’’

 यदिबेला स्थानीय तह निर्बाचनको मिति नजिकिए संगै चुनावी माहोलले जिल्लालाई छोएको छ । आईतबार मनोनयन दर्ताहुने भए संगै बिभिन्न दलहरु तालमेलको लागी बिभिन्न बसाई भएको खबर आएको छ । त्यस्तै चोक चोकमा जिल्ला भर पालिका र नगरपालिकामा नेपाली काग्रेस र माओबादी केन्द्र भर तालमेल भएको भनेर काग्रेस माओबादी कार्यक्रताले भन्ने गरेका छन । तर यस बिषयमा औपचारीक रुपमा जिल्लामा रहेका दलहरुले भने केही जानकारी गराएका छैनन् । 

यो समाचार तयार पार्दा सम्म यि बिषयमा बुझनको लागी नेपाली काग्रेस सभापती बिष्णु खनाल मुस्कानलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन भने माओबादी केन्द्रका जिल्ला संयोजक तथा सन्धिखर्क नगरपालिकामा मेयर पदको घोष्णा गर्नु भएका ठाकुर कुमार बि.क किशोरलाई सम्पर्क गर्दा फोन उठेन । 

तर उपमेयरमा उम्मेद्धवारले यसरी आपती जनाएर मिडियालाई जानकारी गराउने र चोक चोक कार्यकर्ताहरु तालमेल भयो भनेर भन्दा तालमेल भएको हुन सकने संकेत भने देखीएको छ । यसरी भनिएको तालमेलमा सितगंगा नगरपालिका ,सन्धिखर्क नगरपालिकामा नेपालि काग्रेसंलाई मेयर र माओबादी केन्द्रलाई उपमेयर, मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा प्रमुखमा माओबादी केन्द्र र उपप्रमुखमा नेपाली काग्रेस र छत्रदेब तथा पाणिनि गाउँपालिकामा माओबादी केन्द्रले प्रमुख र उपप्रमुखमा उम्मेद्धवारी नदिई काग्रेसलाई सहयोग गर्ने भनि सहमति भएको भनिएको छ । भने वडा स्तरमा स्थानिय पार्टिले आव्यसकता अनुसार तालमेल गर्ने गरि सहमति भएको भनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!