मंगलसैन नगरपालिकामा एमालेक ३ उम्मेद्धार निर्विरोध निर्वाचित

Posted on: 19 Jun, 2017

कमल रावल/असार ५, अछाम । मंगलसैन नगरपालिकामा नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । 

जसमा एक जना पुरुष वडा सदस्य र २ जना महिला वडा सदस्य रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरपालिकाको वडा नम्बर २ मिस्तुरुमा पुरुष वडा सदस्य बमबहादुर बोगटी निर्विरोध निर्वाचित हुनुभएको छ । 

यस्तै सोही वडा बाट महिला वडा सदस्य सुनिता बोगटी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँको विपक्षमा अन्य कुनै दलको उम्मेद्धारी नै नपरेको बताईएको छ । यस्तै मंगलसैन नगरपालिका वडा नम्बर ७ मा महिला वडा सदस्यका उम्मेद्धार जमुना जैसी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । 

नेपाली कांग्रेसका उम्मेद्धार दुर्गा ढकाल जैसीको उमेर नपुगेपछि उहाँको उम्मेद्धारी रद्ध भएपछि एमालेका उम्मेद्धार जमुना जैसी निर्विरोध निर्वाचित हुनभएको एमाले जिल्ला सचिव यज्ञ बोगटीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको आधिकारीक जानकारी मंगलबार दिने बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!