विश्व प्रसिद्ध प्रशिक्षकद्वारा बैतडीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिईदै

Posted on: 12 Jul, 2017

नरी बडु/असार २८, बैतडी । हालसालै भएको स्थानीय तह निर्वाचनबाट बैतडी जिल्लामा नवनिर्वाचित १ सय ४ जना जनप्रतिनिधि, नगर तथा गाँउपालिकाका कार्यकारी, वडा सचिव र सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई असार २९, ३० र ३१ गते विश्व प्रशिद्ध प्रशिक्षहरुद्वारा प्रशिक्षण दिन लागिएको छ ।

जिल्ला स्वस्थ्य कार्यालयको आयोजनामा हुनलागेको उक्त बृहत प्रशिक्षणमा ८४ वडाका निर्वाचित वडा अध्यक्ष, १० स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रत्येक वडाका वडासचिव, नगर तथा गाँउपालिकाका कार्यकारी र स्वास्थ्य संस्था प्रमुखहरुलाई सकारात्मक सोच र स्वास्थय क्षेत्रको विकासका लागि प्रशिक्षण दिन लागिएको हो ।

सकारातमक सोचका विश्वप्रशिद्ध प्रशिक्षक नरबहादुर कार्की, प्रशिक्षक सुधन ज्ञवाली र विश्वरमण न्यौपानेले प्रशिक्षण दिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो ।

स्वास्थय अवस्था सुधारका साथै नयाँ जनप्रतिनिधिहरुलाई जनताको सेवामा उत्तरदायी बनाउन नेपालमै बैतडी जिल्लामा पहिलोपटक यसरी प्रशिक्षण दिन लागिएको हो ।

विगतको संक्रमणकालिन अवस्थामा मौलाएको भ्रष्टाचार, चाकरी र नकारात्मक राजनितिमा रुपलिएको यस जिल्लालाई ति सबै संक्रमणहरुबाट मुक्त गर्ने उद्देश्य बोकेको यस प्रशिक्षणले जनप्रतिनिधि तथा प्रशिक्षार्थिहरुमा सकारात्मक सोचको विकास हुने अनुमान गरिएको छ ।

जिल्लाको सदरमुकाममा रहेको श्री विरेन्द्र उच्च माध्यमिक विद्यालयमा हुन लागको यस प्रशिक्षणमा सहभागि सबैले तोकेको समय अर्थात बिहान साढे ९ बजे उपस्थित हुन जिल्ला स्वास्थ्य कार्यालयले आह्वान गरेको छ । 

विभिन्न समयमा हुने कार्यक्रमको समय सम्बन्धि विबाद र स्वास्थ्य क्षेत्रमा गरेको गतिसिल कामका कारण डक्टर अवस्थी चर्चामा आउनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!