दार्चुलामा होटल भत्किँदा तीन घाइते, दुईको अबस्था गम्भीर

Posted on: 27 Jul, 2017


लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ४ बंगाबगडमा ढुंगा आएर होटल भत्किदा २ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन । 

बंगाबगडमा बिहिबार बिहान ९ बजेतिर ठुलो ढुंगा आएर होटल भत्किएको हो । होटल भित्र बसेका ५ जना मध्ये दुइ जना गम्भीर घाइते भएका छन् । होटल भित्र पुरिएका २ जनाको सशुकल उद्धार गरिएको छ ।

घट्नास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । घाइते गोरे धामी र हरकसिह महतालाई उद्धार गरि थप उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

 बंगाबगडमा सुरज ऐतवालका घरमा गगनसिह धामीले होटल सञ्चालन गर्दै आउनु भएको थियो । होटल भित्र रहेका काशीदत्त भट्ट सकुशल रहेका छन् । एक जनाको नाम अझै खुलेको छैन ।

ढुंगाका कारण होटल पुर्ण रुपमा क्षती हुनुका साथै होटलभित्र राखीएका सामानहरुमा क्षति भएको छ । क्षतिको एकिन बिबरण आउँन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!