२६औँ मनोज झपेन्द्र स्मृति दिवस: दार्चुलामा फलफुल बितरण र रक्तदान गरि मनाइयो

Posted on: 30 Jul, 2017


लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल दार्चुलाका बिरामीहरुलाइ फलफुल बितरण तथा रक्तदान गरेको छ । 

कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशीको सम्झनामा रक्तदान तथा फलफुल बितरण कार्यक्रमको आयोजना गरीएको कर्मचारी संगठनले जनाएको छ ।

संगठनले जिल्ला अस्पताल दार्चुलाका २५ जना बिरामीहरुलाइ फलफुल बितरण गरेको हो भने संगठन आबद्ध २ जना कर्मचारीहरुले रक्तदान समेत गरेका छन । यस्तै आबश्यकता परेको समयमा रक्तदान गर्ने भनेर १६ जना को नामावलि संकलन  भएको र आबश्यकता पर्दा रक्तदानकालागी बोलाइने जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक बिष्टले बताउँनुभयो ।


कर्मचारीहरुले दुबैजनालाइ सहिद घोषणा गर्न राज्यसंग मागसहित देशभरी नै स्मृति दिवस मनाएका छन ।

बिगतबर्षहरुमा समेत स्मृति दिवसको अबसरमा रक्तदान, छात्रबृति बितरण, फलफुल बितरण लगायत रचनात्म कामहरु गर्ने गरेको संगठनले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!