क्यामब्रिज पब्लिक स्कुल: ३२ सिटको स्कुल बसमा ७० भन्दा बढी विद्यार्थी

Posted on: 21 Aug, 2017


ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घन्टी बजेपछि विद्यार्थीहरुको हुल बसतिर दौडिन्छन् ।

 स–साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । दुईजनाको सिटमा ४ जनासम्म साना विद्यार्थी बस्छन् । ठूला विद्यार्थी कोचिँएर ढोकैसम्म आइपुग्छन् । संगै बसेका शिक्षक अलि मिलेर पछाडी बस् भन्दै हप्काउने गरेको बिद्यार्थिले गुनासो गरेका छन् ।

 क्यामब्रिज पब्लिक स्कुलका विद्यार्थी यसरी नै विद्यालय आवतजावत गर्छन् । साना विद्यार्थी कोचिएर बस्न बाध्य छन् । क्यमब्रिज पब्लिकले दुईसिटमा चार–पाँच जनासम्म विद्यार्थीहरु राख्ने गरेको छ । कुल ३२ सिट भएको उक्त बसका ७० जना भन्दा बढी विद्यार्थी कोचिएर घर सम्म पुग्ने गरेका छन् ।

 त्यसरी साना बालबालिकालाई कोचाएर राख्नाले आफ्ना बच्चाहरु माथि शारिरिक रुपमा असर पर्न सक्ने अभिभावकहरुले बताउनु भएको छ । तर विद्यालयका प्रिन्सीपल मोहन श्रेष्ठलाई त्यस बारे सोध्दा आफू त्यस बारे अनविज्ञ रहेको बताउनु भयो । विद्यार्थीहरु आफै बस्ने गरेको हुन सक्ने उहाले बताउनु भयो ।

 जिल्ला शिक्षा कार्यालय भएर गुड्ने उक्त स्कुल बसलाई देख्दा देख्दै पनि कार्यालय मौन रहेको छ । यसरी कोचिएर बस्दा बालबालिकाहरुलाई चोटपटक लाग्ने सम्भावना रहेकोले बरु दुई ‘ट्रिप’ गर्नु पर्ने आवश्यक रहेको विद्यार्थीका अभिभावकले बताउनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!