छुट्टाछुट्टै सवारी दूर्घटनामा परी तीन जना घाइते

Posted on: 02 Sep, 2017

सास । भदौ १७, बर्दिया । आज साँझ बर्दियाको राजापुर स्थित कोठियाघाट र मधुवन बजारमा भएका दुई छुट्टाछुट्टै सवारी दूर्घटनामा परी ३ जना घाईते भएका छन् ।


तीब्र गतिका कारण बर्दियाको राजापुर भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएको खैरीचन्दनपुर प्रहरीले जनाएको छ । भे १ प ७६०३ नम्मरको मोटरसाईकल दुर्घटनामा परेको हो । घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सकृयतामा एम्वुलेन्स मार्फत नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको पत्रकार मीन अधिकारीले बताउनुभयो । 

घाइतेहुनेहरु राजापुर २ नयाँगाउका भटु थारु रहेको र अर्का व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । 


यसैबीच बर्दियाको मधुवन नगरपालिकाको वडा नंं ९ स्थित धर्मबस्तीमा आज दिउसो कृष्णसार यातायातको बस दुर्घटना हुँदा एक जना घाइते भएका छन । 

बर्दियाको गोलाबाट सदरमुकाम गुलरीयाका लागि छुटेको भे १ ख १४८४ नम्बरको बस सडक छेउको कुलोमा पल्टिदा बस चालक समिर नेपाली घाइते भएको प्रहरी जनाएको छ । 
स्टेरिङ भाचिएर बस पल्टिएको प्रहरीले बताएको छ ।

घाईते बस चालकको अवस्था सामान्य रहेको छ । अन्य यात्रु सकुसल रहेको प्रहरीको भनाई छ । बसमा करिब १६ जना यात्रु सवार थिए । 
सदरमुकाम गुलरियाबाट राजापुर र भुरीगाँउ जोड्ने हुलाकी बाटो बाढीका कारण विग्रीएर यातायातका साधनहरु चलाउनै नसक्ने अवस्थाले हुँदा बर्दियाबासी जोखिमपुर्ण यात्रा गर्न बाध्य छन ।

तस्वीरहरु : मीन अधिकारी ।रेडियो साथी एफएम, राजापुर ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!