बाल दिवसकै दिनमा किन यी बालक यस्तो अवस्थामा ? को हुन् जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द ?

Posted on: 14 Sep, 2017

सास । भदौ २९, बर्दिया । 

‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक विद्यालयको कक्षामा पढाइ भैरहेको अवस्थामा देखा परेका छन् ।


मुलुकभर र विभिन्न कार्यक्रमहरु गरी बाल दिवस मनाइरहँदा यस्तो दृश्य अझै विद्यालयको कक्षाकोठामा देखिनु बालअधिकारकर्मीहरुका लागि चुनौतीको विषय हो । अझ यी बालकले तलको तस्वीरमा देखिएको पत्र बोकेर माग्दै हिँडेका थिए र कक्षाकोठाका शिक्षकलाई नै विद्यार्थीहरुसँग मागिदिनका लागि अनुरोध गर्दै थिए ।  जुन पत्रमा जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द हमाल लगायतको हस्ताक्षर रहेको छ । (हे. तस्वीर)


पत्र हेर्दा सत प्रतिशत फेक (झट्टा) थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको छाप किर्ते गरेर यो पत्र तयार गरेको स्पष्ट देखिएको छ । यसरी छाप किर्ते गर्नेलाई कारवाही हुन्छ कि हुँदैन ? यति मात्रै हैन नेपाल सरकारको लोगो र नेपालको राष्ट्रिय झण्डा समेत लेटर हेडमा प्रयोग गरिएको छ ।  यी बालकलाई यसरी माग्दै हिड्ने परिस्थिति के कारणले भयो ? यसको उचित छानवीन हुनु आवश्यक छ । यी शिवराज मात्रै नभएर नेपालमा यस्तै बालबालिकाहरु धेरैको संख्यामा रहेका छन् । 


उनी कक्षाका बालबालिकाहरुका सामु निरस देखिन्थे, निन्याउरो मुख लाएर बसेका थिए । यस्ता बालबालिकाहरुलाई यसरी सिफारिस दिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अध्यक्ष आनन्द हमाल को हुन् ? यसको खोजिनीति गर्ने जिम्मा कसको हो ? हैन भने कहिलेसम्म यी बालकले यसै गरी हिड्ने ? यदि राज्यमा कुनै निकाय छ भने यथाशीघ्र बालकको उद्धार होस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!