बालबालिका भबिष्यका आधारशिला बर्तमानका साझेदार हुन्: सभापति शाही

Posted on: 06 Nov, 2017

कात्तिक २०, कालिकोट । अल्पसंख्यक समूदायका बालबालिकाहरु जोखिम परिस्थितिमा बाँचिरहेकाले उनीहरुलाई निःशुल्क अनिर्वाय गुणस्तरिय प्राथमिक शिक्षामा पहुँच बृद्वि गनुपर्ने जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहिले बताउनुभयो ।

गुणस्तरीय शिक्षा र शौक्षिक पूर्वाधार खाडाचक्र नगरपालिका निर्माणको आधार भन्ने मूल नाराका साथ शौक्षिक योजनाबारे खाडाचक्र नगरपालिकामा संचालित गोष्ठीमा उक्त कुरा बताउनु भएको हो ।


गोष्टिमा बालबालिकाहरु देशका भविष्यका आधारशिला तथा वर्तमानका साझेदार भएकाले उनीहरुका लागि अनिवार्य र निःशुल्क आधारभूत शिक्षा, बालबिवाहबाट मुक्त, विद्यालय शान्ति क्षेत्र, पूर्ण खोप र पूर्ण जन्म दर्ता विना बालअधिकारको प्रत्याभूति हुन नसक्ने जोडदिदै नयाँ नेपालको आधार स्तम्भ नै बालबालिकाहरु भएको उहाँको भनाई छ ।

उनीहरुले प्राप्त गर्ने शिक्षा सर्वसुलभ गुणस्तरीय, अनिवार्य र निःशुल्क हुनु पर्ने यथार्थतालाई मध्यनजर गरी बालमैत्री स्थानिय शासनका तहगत खुड्किला पार गर्ने र निकट भबिष्यमा खाडाचक्र नगरपालिका–लाई स्थानिय बालमैत्रि शासन नगरपालिका का रुपमा घोषणा तथा परिचित गराउने हेतुले गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वधार, खाँडाचक्र नगरपालिका निर्माणको आधार मानि खाडाचक्र नगरपालिका अन्तर्गत विद्यालयहरुको समस्या पहिचान समाधान गर्ने नयाँ अभियानका रुपमा बढ्ने मुख्य उद्देश्य रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!