द्धन्दकालदेखी बन्द गोकुलेश्वर विमानस्थल सञ्चालन हुनुपर्ने दार्चुलाबासीको माग

Posted on: 17 Nov, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १, दार्चुला । दार्चुलाको गोकुलेश्वर बिमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तीम तयारीमा छन । 

बैतडीको पाटन, डोटीको दिपायल र अछामको साफेबगर लगायत विमानस्थल कालोपत्रे भइरहेको बेला दार्चुलाको विमानस्थल कालोपत्रे नहुदा स्थानियहरुले बिमानस्थल सञ्चालनको माग गरीरहेका हुन । 

आर्थिक बर्ष २०७३।०७४ को बजेट वक्तव्यमार्फत दार्चुला जिल्लाको गोकुलेश्वर विमानस्थल सञ्चालन गर्ने कार्यक्रम रहेकोमा विभिन्न क्षेत्रको चलखेलका कारण विमानस्थल निर्माणमा पर्न नसकेको भन्दै दार्चुलाबासीले बिमानस्थल सञ्चालन हुनुपर्ने माग राखेका छन । आर्थीक, पर्यटकिय लगायत जिल्लाको बिकाससंग जोडिएको बिमानस्थल द्धन्दकालदेखी सञ्चालन हुन नसक्दा दार्चुलाले ठुलो घाटा बेहोर्नु परेको छ ।

बिमानस्थल सञ्चालनको माग

दार्चुला जिल्लाको एकमात्र गोकुलेश्वर विमानस्थल द्धन्दकालदेखी बन्द रहेको छ । यो बिमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य विमानस्थलहरु कालोपत्रे भइरहेका बेला दार्चुलाको बिमानस्थल सञ्चालन गर्ने सरकारको कुनै सुरसार नदेखीएको भन्दै बिमानस्थल सञ्चालन हुनुपर्ने दार्चुलाबासीको माग छ । सिगों दार्चुला जिल्ला र बैतडि जिल्लाको आधाभन्दा बढी भुभागले सजिलै सेवा पाउँने गोकुलेश्वर बिमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका बिभिन्न सम्भाबनाहरु ओझेलमा परेकाले जुनसुकै पक्ष वा निकायले पहल गरेर भएपनि बिमानस्थल सञ्चालन हुनुपर्ने गोकुलेश्वरका स्थानिय सुरेश श्रेष्टले बताउँनुभयो । 


राजनीतिक पहुच र पहलको कमि कै कारण बिमानस्थल सञ्चालन हुन नसकेको स्थानिय करन कार्कीको प्रतिक्रीर्या रहेको छ । चुनाबको पुर्ब सन्ध्यामा प्रचारमा पुगेका उम्मेदबारहरुसंग समेत स्थानियहरुले बिमानस्थलको सञ्चालनकालागी पहल गर्नसक्ने नेतालाइ मत दिने बताइरहेका छन । उम्मेदबारहरुलाइ हाम्रो मत चाहीने हो भने बिमानस्थल सञ्चालनको प्रतिबद्धता आनुपर्ने स्थानिय ब्यबसायि नबराज साउँदले बताउँनुभयो ।

बिरामीहरुले अकालमै ज्यान गुमाउन बाध्य

बिमानस्थल सञ्चालन हुन नसक्दा बिमारीहरुलाइ निकै समस्या भएको छ । दार्चुला र बैतडिमा सुबिधासम्पन्न अस्पताल नहुदा दैनिक आकस्मीक प्रबृतिका बिरामीहरु जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको छ । 

हवाइ यातायातको असुबिधाका कारण आकस्मीक रुपमा रिफर गर्नुपर्ने बिरामीहरु समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य भइरहेका छन । ग्रामिण सडकमा २ देखी तिन दिन लगाएर सुबिधासम्पन्न अस्पतालमा पुग्दासम्म कतिपय बिरामीहरुले बाटोमै ज्यान गुमाइरहेका हुन्छन । बिकास र समृद्धिको युगमा समेत यातायात अभाबमा बिरामीहरुले समयमै उपचार नपाएर ज्यान गुमाउनुपरेको नौगाड गाउँपालीकाका अध्यक्ष प्रेम सिह धामीले बताउँनुभयो ।

आर्थीक, पर्यटकिय सम्भाबनाहरु ओझेलमा

आर्थीक, पर्यटकिय लगायत जिल्लाको बिकाससंग जोडिएको बिमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाले ठुलो घाटा बेहोर्नु परेको मात्रै छैन, बिभिन्न सम्भाबनाहरु ओझेलमा परीरहेका छन । 

दार्चुला जिल्ला पर्यटकिय रुपमा अपार सम्भाब्यता भएको क्षेत्र हो । यहा धार्मीक क्षेत्रहरु, अपिनाम्पा संरक्षण क्षेत्र, अपि, ब्यास हिमाल, राष्ट्रकै सातौ धाम मालीकार्जुन, कैलासमानसरोवर क्षेत्र, महाकाली, चमेलीया, ब्यास गुफा, उकु भग्नाबशेष, बिभिन्न दह, मन्दीरहरु लगायत सयौ पर्यटकिय सम्भाब्यता भएका सम्पदा र ठाउँहरु रहेका छन । 


प्राकृतिक सम्पदाको धनी दार्चुलामा पर्यटक आउन चाहेपनि बिमानस्थल बन्दहुदा पर्यटकहरु भित्रिन सकेका छैनन । आर्थीक र पर्यटकिय सम्भाबनाहरु बिमानस्थलकै कारण आझेलमा परेको जानकारहरु बताउछन ।

बिमानस्थल गौचरणमा परिणत हुदै

बन्दभएको लामो समय बितेकाले अहिले गोकुलेश्वर बिमानस्थल गौचरणमा परिणत भइरहेको छ । संरक्षणको अभाबमा चारैतिर ढल र फोहोर जम्मा भएर बिमानस्थलको आकार नै परिवर्तन भएको छ । 

दिनभरी गाइभैसी घोडा खच्चर लगायत जनावरहरुको चरनक्षेत्र भएको छ । द्धन्दकालदेखी नै संरक्षणमा सरोकारवाला निकायको ध्यान नजादा हाल बिमानस्थल गौचरणमा परिणत भएको हो ।

प्राधिकरणको गलत रिपोर्टका कारण जोखीमयुक्त श्रेणिमा

गोकुलेश्वर भरतिय सिमा नजिक पर्ने भनेर गलत रिपोर्ट बनाएर बिमानस्थललाइ असुरक्षित श्रेणिमा राखेका खबरहरु बाहीर आएका छन । साथै विमानस्थल नजिक अबैधानिक रुपमा ठुला ठुला घर तथा होटलहरु निमार्ण हुनु र चौलानि नदिमाथीको पक्कीपुलका कारण उडान र अवतरणमा समस्या हुने भन्दै प्राधिकरणले गोकुलेश्वर बिमानस्थललाइ जोखीमयुक्त श्रेणिमा राखेको जनाएको छ । 

तर प्राबिकरणको यो रिपोर्टमा पुर्ण सत्यता देखीदैन । चैलानि नदिलाइ महाकाली नदि भनेर भारत नजिक भन्नु निकै हास्यास्पद छ । किनकि गोकुलेश्वर र भारतसंगको दुरी धेरै बढी छ । जबकि तराइका केहि बिमानस्थलहरु भारतनजिक भएरपनि निर्बाधरुपमा सञ्चालनमा रहेका छन । 

चमेलीया नदिमाथीको पुलका कारण प्रबिधिक रुपमा कुनै समस्या नरहेको जानकारहरु बताउछन । साथै लाइनमा परेका घरहरुका कारण समस्या देखीएको हो भने सरकारले घर भत्काएर भएपनि बिमानस्थल सञ्चालन हुनुपर्ने स्थानियहरुले नै बताइरहेको बेला प्राधिकरणले बिमानस्थललाइ जोखीमयुक्त श्रेणिमा राख्नुपर्ने कुनै कारण छैन । दार्चुलाबासीले भने कारण हैन बिमानस्थलमा जहाज उडान र अबतरण भएको हेर्ने चाहाना भएको बताएका छन ।

राजनीतिक दलहरु सञ्चालनको पक्षमा 

बिमानस्थल सन्चालन हुनुपर्नेमा सबै राजनीतिक दलहरुपनि सहमत छन । बिगतदेखी नै गोकुलेश्वर बिमानस्थल दलहरुको चुनाबि मुद्धा समेत बन्ने गरेको छ, तर संयुक्त रुपमा ठोस पहल राजनीतिक तहबाट हुन नसक्दा बिमानस्थल सञ्चालन हुन सकेको छैन । केहि समयपहिले नेकपा एमाले केन्द्रीय सदस्य एब. निबर्तमान सासंद गणेस सिह ठगुन्नाले समेत बिमानस्थल सञ्चालनकोलागी प्राबिकरण र मन्त्रालयको ध्यानआकर्षण गराएका थिए । 

यस्तै जनप्रतिनिधिहरु, काग्रेशका केन्द्रीय सदस्य दिलेन्द्र प्रशाद बडुलेसमेत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सञ्चालनको माग राखेपनि अहिलेसम्म कार्यक्रममा समेटिने लक्षण देखीदैन । जनतासंग अहिलेपनि नेताहरुले निर्बाचित भएपछि बिमानस्थल सञ्चालनकालागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरीरहेका छन ।

अन्तमा

जिल्लाको आर्थीक, धार्मीक, पर्यटकिय सम्पदा र सम्भाबनाहरु बिमानस्थल सञ्चालन हुन नसक्दा ओझेलमा पर्नुका साथै जिल्लाले ठुलो घाटा ब्यहोनुपरेको छ । 

यातायात समस्याका कारण समय, पैसा संगै मानिसहरुले अकालमै ज्यानसमेत गुमाउन बाध्य छन । त्यसैले नेपाल सरकार लगायत नागरीक उड्यन प्राधिकरण यो बिषयमा गम्भीर हुनु र दार्चुलाको गोकुलेश्वर बिमानस्थल तत्काल सञ्चालनको प्रकृर्या अगाडि बढ्नु अपरिहार्य देखीन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!