विमानस्थल निर्माणको क्रममा निधन भएका मजदुरको सम्झनामा प्रतिक बनाउने उद्घोष

Posted on: 23 Nov, 2017

दलसिंह गिरी/मंसिर ७, कालिकोट । कोटवाडाको सुनथराली विमानस्थल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरुको सम्झनामा शालिक निर्माण हुने भएको छ ।  

बर्तमान सरकारकै पहलमा मृतक मजदुरहरुको सम्झनामा शालिक बन्ने भएको हो । नरहरीनाथ गाउपालिकामा रहेको सुनथराली विमान स्थल निर्माणको क्रममा तत्कालीन द्धन्द्धका बेला राज्य पक्षबाट मारिएका मजदुरहरुको सम्झनामा सरकारले नै शालिक निर्माण गर्ने बर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गर्नु भएको छ । 


नेपाली कांग्रेस कालिकोटले कोटबाडाको सुनथराली विमानसथलमा आयोजना गरेको चुनावी आमसभाको सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले  विमानस्थल निर्माणको क्रममा धेरै मानिसको बलिदान भएको बताउँदै मृतक मजदुरहरुको सम्झनामा शालिक बनाउन तत्काल प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता गर्नु भएको छ । 

को–को मारिएका थिए ३५ जना मजदुर ?

२०५८ साल फागुन १३ गते कालिकोटको कोटबाडामा माओवादी भन्दै तत्कालिन शाही सेना द्धारा ३५ जना मजदुरसहित ६ जना स्थानीय मारिएका   थिए । स्थानीय ६ महिने नाबालक नबिन बिष्ट सहित लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश बिष्ट, टेक बिष्ट, गंगा बिष्ट कोटवाडाकै स्थानीय बिसिन्दा थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!