मतदाता शिक्षा दिन ‘महादान’ सडक नाटक-भिडियो सहित

Posted on: 05 Dec, 2017

महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ ।
सदरमुकाम कुश्मा बजारमा निर्वाचन आयोगको सहयोगमा सीड नेपालले नाटक देखाएको हो । नाटक हेर्न स्थानीयको घुइँचो लागेको थियो । सीड नेपालले जिल्लाका विभिन्न भागमा सडक नाटकको माध्यामबाट मतदाता शिक्षा प्रदान गर्ने भएको छ ।

तीन ओटा मतपत्रमा मत हाल्नु पर्ने र त्यसमध्ये दुई समानुपातिक र दुई प्रत्यक्ष गरी चार ठाउँमा मत हाल्नुपर्ने भएकोले धेरै मत बदर हुने सम्भावना देखिएपछि सडक नाटकको माध्यमद्वारा मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वत जनाएको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा अहिले पनि ग्रामिण भेगका पुरुष र महिलाहरु भोट कसरी हाल्ने? कति ठाँउमा हाल्ने? कसरी पट्याउने भन्नेबारे अनभिज्ञ छन्। आसन्न निर्वाचनमा समानुपातिक दुई, प्रदेश र प्रतिनिधि सभा गरी तीन मतपत्रमा चार ठाउँमा मतदान गर्नु पर्ने भएकोले पनि धेरै मतदाता अन्यौलमा पर्ने देखिएको छ । पर्वतका ग्रामिण भेगका महिला, पुरुषहरुलाई मतदाता शिक्षाबारे अझै अन्योलता कायमनै छ ।

जिल्ला निर्वाचन कार्यालयबाट खटिएका मतदाता स्वयम्सेवकहरुले मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नगर्दा मतदातामा अन्यौलता सिर्जना भएको छ । सडक नाटकको माध्यमबाट मतदाता शिक्षा दिदा प्रभावकारी हुने भएकोले पनि नाटकको माध्यमबाट मतदाता शिक्षा प्रदान गरिएको हो ।
सीड नेपालले जिल्लाका दुइ नगरपालिका र ५ गाउँपालिकामा नाटकको माध्यमबाट शिक्षा प्रदान गरिरहेको छ । गत स्थानीय तहको निर्वाचनमा पर्वतमा ८ प्रतिशत मत बदर भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!