मतदाता परिचय पत्र हरायो ? यी कागजपत्र देखाउनुस, मतदान गर्नुस

Posted on: 06 Dec, 2017

मंसिर २०, काठमाडौं । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भोलि ४५ जिल्लामा हुने निर्वाचनमा नागरिकता लगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न उक्त व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ ।

आयोगले सूचना प्रकाशित गरी कुनै मतदाताले प्राप्त परिचयपत्र हराएमा वा नष्ट भएमा मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रसमेतका आधारमा मतदान गर्न सक्ने जानकारी दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!