जनआन्दोलनको झल्को दिने गरी २६ बर्षपछि बामगठबन्धनको विजयी जुलुश उर्लिएर आयो- भिडियो सहित

Posted on: 11 Dec, 2017

पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ ।

निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद बनेका नेपाली काँग्रेसका नेता अर्जूनप्रसाद जोशीलाई पराजय गर्दै बामगठबन्धनका साझा उम्मेदवार पदम गिरीले सिंहदरबारको यात्रा तय गरेका छन् ।

नेपाली काँग्रेसको किल्ला पर्वत जिल्लालाई बामगठबन्धनले क्लिन स्वीप गरेको छ । धौलागिरीबाटनै नेपाली काँग्रेसलाई बामगठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभा कमा बामगठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी, प्रदेशसभा ख बाट नेकपा एमालेका विकास लम्साल विजयी भएका छन् ।

२६ बर्षपछि जिल्लामा बामगठबन्धनको जीत हासिल भएसँगै पर्वतमा विशाल विजयी जुलुश निस्किएको छ । २०६२।६३ को जनआन्दोलनको झल्को दिने गरी निस्केको विशाल जुलुशले सदरमुकाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । बान्द्रेणी चौरमा भएको विशाल आमशमामा दशौ हजार मानिसहरु सहभागी भएका थिए ।

भिडियो हेर्नुहोस्



यस बिषयमा तपाइको प्रतिक्रिया...!