खोटाङको बाक्सिलामा आगलागी, तस्बिरमा हेर्नुहोस पहिले र अहिलेको बुद्धबजार

Posted on: 21 Dec, 2017

चिसाङ शेर्पा/पुस ६, खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको ब्यापारिक केन्द्र बुद्धबजारमा आगलागी हुँदा हाटका दिन उपयोग हुँदै आएको दर्जनौं टहरा नष्ट भएको छ । 


बुधबार राती भएको आगलागीमा हप्ताको बुधबार हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको १० भन्दा बढि टहरा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

राती २ बजे आगलागीको विषयमा थाहा भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षती हुनबाट जोगाइएको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताउनुभयो । 

आगलागीका कारण खुल्न सकेको छैन । गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो सुरु भएको पाइएकाले घट्नालाई स्थानीयले शंकास्पद मानेको छ । 

फोटोमा हेर्नुहोस पहिलेको र अहिलेको बुद्धबजार


पहिले 


अहिले 


यस बिषयमा तपाइको प्रतिक्रिया...!