सिमराकी अञ्जलीले मुनालवस्तीमा कम्मर मर्काउँदै ढोल पिटेपछि हल्ला फिँजीएर बिजोग ! (भिडियो सहित)

Posted on: 06 Feb, 2018

प्रभात सुवेदी । माघ २३, बर्दिया ।

हाल बढैयाताल गाउँपालिका वडा नं. ३ मा पर्ने सिमरा यसैगरी वडा नं. ८ कालिकामा पर्ने एउटा गाउँ मुनालवस्ती रहेको छ । 


यी दुवै क्षेत्रबाट उदाएका साङ्गीतिक प्रतिभाहरु हुन् क्रमशः अञ्जली अधिकारी र स्यारोन रेग्मी । अहिले यिनै मोडल अञ्जली अधिकारीले अभिनय गरेको टोलटोलमा ढोल पिटियो गीतलाई मुनाल डिजिटल प्रा.लि. ले उत्पादन गरी म्युजिक नेपालको युट्युव च्यानल मार्फत बजारमा ल्याएको छ । 

एक हप्तामै करीब २५ हजारले हेरेको यो म्युजिक भिडियोलाई शब्द तथा गायनको शैली पृथक भएका कारण पनि आम दर्शक तथा श्रोताहरुले निकै नै मन पराउनेमा आशावादी छन् मुनाल टिभी तथा मुनाल डिजिटल प्रा.लि.का संस्थापक स्यारोन रेग्मी । डि.पी. खनालको शब्द, शंकर थापाको संगीत र सुमन के.सी. को स्वरमा रहेको यो गीतमा अञ्जली अधिकारी तथा राजकुमारको सुन्दर मोडलिङ रहेको छ । 

 हेर्नुहोस् भिडियो .....




यस बिषयमा तपाइको प्रतिक्रिया...!