नेपालबाट अन्तराष्ट्रिय बजारमा बिक्रि हुने ब्राण्डेड ह्वीस्कीमा मरेको लामखुट्टे भेटियो !

Posted on: 08 Mar, 2018

फागुन २४, काठमाडौं । राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको छ । 

पसलबाट किनेर घरमा पुगेर खाने क्रममा ह्वीस्कीको आधि भाग खाएपछी पिधमा तैरिईरहेको अवस्थाममा उक्त लामखुट्टे फेला परेको उपभोक्ता भीम लिम्बुले बताए । अन्त्रष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्दै आएको सो ब्राण्डका ह्वीस्कीभित्र लामखुट्टे फेला परेपछि कम्पनीलाई खबर गर्दा समेत कम्पनीले कुनै वास्ता नगरी सेवनकर्ताले नै हालेको भन्दै आफु पन्छिने काम गरेको छ । स्क्टल्याण्डबाट आएका लिम्बु आफ्ना दाजुसंगै उक्त ह्वीस्की सेवन गर्ने क्रममा लामखुट्टे देखेपछि खान छाडेको बताउँछन् । 

महँगो र ब्रान्डेड ह्वीस्कीको पहिलो बिर्को खोलेपछि भित्र छुट्टै सिल हुने हुँदा कसैले जानी-जानी कुनै कुरा छिराउन नमिल्ने बताइन्छ तर वल्ड दरबार ह्वीस्कीको बोत्तलमा कसरी लामखुट्टे छिरेको भन्ने प्रश्नमा कम्पनीका एकजनाले गैरजिम्मेवार उत्तर दिएर टारेका छन् तर उनले आफ्नो गल्ति भने स्वीकार गरेका छैनन् । 

कम्पनीले आफुलाई बजारमा गिराउन षडयन्त्र भएको बताउँदा प्रयोगकर्ता भने आक्रोशित बने उनले भने - 'पिउंदै जाँदा लामखुट्टे तैरीईरहेको देखें, मरेको अवस्थामा ढाडीएर बसेको लामखुट्टे देखेपछी मैले ह्वीस्की पिउन छाडें । ब्रान्डेड ह्वीस्कीमा यस्तो लापरवाही हुन्छ भने अरुमा के होला ? यही बोत्तल अन्तराष्ट्रिय बजारमा भेटिएको भए नेपालको ब्राण्डमा कस्तो असर पर्ला ?' लिम्बुले भने । 

बलियो सिसाको शीलभित्र कसरी लामखुट्टेको प्रवेश भयो भनेर अचम्मित भएका लिम्बुले ह्वीस्की उत्पादन कम्पनीकै लापरवाही तथा कमजोरी रहेको र मानव स्वास्थ्यलाई समेत खेलवाड गरेर उत्पादन गर्ने गरेकोले गुणस्तरहिन रहेको भन्दै सम्बन्धित निकायले अनुगमन गरेर कारवाही गर्नुपर्ने बताए । 

यस बिषयमा थप जानकारी लिन खोज्दा कम्पनीले वेवास्ता गरेको छ भने अरु ब्राण्ड ह्वीस्कीमा समेत यस्ता कमजोरी हुने भन्दै आरोप समेत लगाएको छ । शीलभित्र लामखुट्टे भेटेपछि उक्त बोत्तल प्रयोगकर्ता लिम्बुले साझा सबाल मिडियामा बुझाएका छन् । शील भित्र लामखुट्टे पर्न सक्ने सम्भावनाबारे हामीले अन्य कम्पनीलाई सोध्दा सिसाको सिल नतोडिएको बोत्तलमा केहि पनि छिराउन नसक्ने अन्य कम्पनीहरुले दावी गरेका छन् ।

वल्ड दरबार ह्वीस्कीको एक लिटरको बोत्तलमा लामखुट्टे तैरीईरहेको सहजै देख्न सकिन्छ जुन कम्पनीमा शिल अगावै परेको स्पष्ट छ । साझा सबालले यस बिषयमा नियमन निकायसँग ह्वीस्कीको गुणस्तर सम्बन्धि थप जानकारी लिने कोसिस गरिरहेका छ । साथै लामखुट्टे परेको बोत्तल प्रमाण सहित सुरक्षित राखेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!