म्युजिक नेपालमा धन सम्पत्तिको हंगामा भएपछि (भिडियो)

Posted on: 03 Apr, 2018

सास । चैत्र २०, बर्दिया । 

आजै मात्र म्युजिक नेपालमा धन सम्पत्तिले हंगामा मच्चाएको छ । 

यस्तो हंगामा आजै सार्वजनिक गरिएको लोक गीत धन–सम्पत्तिले मच्चाएको हो । 


जुन गीतमा धन सम्पत्ति र रुप रङ्गका कारण आफ्नै मान्छे पनि विराना हुने कुरालाई देखाइएको छ । 

सबैले स्टेचलाई मात्र हेरेर गीतसङ्गीतमा लगानी गरेतापनि बर्दियाका अग्रज स्रष्टामध्येका प्रभात सुवेदीले आफ्नै शब्द र लयमा यो जीवन्त गीत बजारमा ल्याएको  ल्याएका हुन् । र  यो गीत कमाउन भन्दा पनि नेपाली समाज अनि घर परिवार र आफन्तहरुबाट पाइने धोका र सम्पत्तिको धम्की देखाउनेहरुको यथार्थालाई समेटेको बताउँछन् । 

पेशाले शिक्षक रहेका सुवेदीका यसअघि पनि “बाचाकसम”, “पिपलु चौतारी”, “चरी जुरेली”, “उज्यालो विहानी”, “डोको नाम्लो”, “भवसागर” लगायतका क्यासेट एल्बमहरु र दर्जनौं गीतहरु आइसकेका छन् । 

मानव जीवनको यथार्थमा आधारित रहेको यो म्युजिक भिडियोमा बर्दियाकै प्रतिभाहरु स्यारोन रेग्मी र अञ्जु अधिकारीले निकै शशक्त अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन र शिवेन पोखरेलको निर्देशनमा सहारा फिल्मस् एण्ड ईन्टरटेन्मेन्टबाट तयार गरिएको भिडियो आम दर्शकले अत्यन्तै रुचाउने गायक प्रभात सुवेदीले बताए । 

अझ यस गीतको अर्को सुन्दर संयोग के भएको छ भने बर्दियाकै प्रतिभावान कलाकार तथा संगीत संयोजक रकेश वलीको संगीत संयोजन रहेको छ भने बर्दियाकै गायक कर्ण सञ्ज्यालले तरङ्ग स्टुडियोमा रेकर्डिङ गरेका हुन भने ध्वनि समिश्रण सन्तोष पौडेलले गरेका हुन् । 

हेर्नुहोस् भिडियो ..



यस बिषयमा तपाइको प्रतिक्रिया...!