आफ्नो संस्कृती जोगाउदै बझाङका वादी समुदाय

Posted on: 17 Aug, 2016

सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले बुधबार  स्थानिय भोडे संक्रान्ती अर्थात ओल्के तिहार मनाए । 

महिला वालबालीकाहरु चिटिक्क परेका थिएभने पुरुषहरुले टाउकोमा गिठा पातीका लहरा बाँधेका र सिस्नाको घोडा बनाएर बजारमा रमाइलो गरे । परम्परागत देखी भाडेसंक्रान्ती मनाउदै आएका बादी समुदायहरुले यसवर्षपनि आफ्नो लोक संस्कृतीलाई जोगाउने काम गरे । 

राजा रजौटाका पालामा राजाको दरवारमा गएर भाडेसंक्रान्ती मनाउने वादी समुदायहरु राजा रजौटाको शासन हराउदै गएपछि हाल जिल्ला प्रशासन कार्यालयमा गएर मनाउने गर्दछन् । विभिन्न परम्परागत गित गाँउदै हास्यव्यड्गे रुपमा निष्केका वादीहरुले जिल्ला प्रशासनको प्राड्गडमा घोडाखेल देखाउदै गित गाँउदै , ओलक हालेर मनाए । चैनपुरका वादी जस्तै आज थलारा खोलीमा रहेका वादीहरुले पनि पुरानो थलारी राजाको कोटमा गएर भाडेसंक्तान्ती मनाएका छन् । 

वादी समुदायका धर्मवादीले वादीहरुको भाडेसंक्तान्ती पर्व आफुहरुका लागी दशै तिहार भन्दा महत्वपुर्ण भएको वताए । उनले भाडेसन्क्रान्तीमा नौलो कपडा हाल्ने मिटा खानेकुरा खाने र खास्यखेल देखाउने रहेको जानकारी दिए । जात्रा मनाउदाँ उनिहरुले जिल्ला सरकारी कार्यालय र साहु महार्जनहरु लाई ओलक हालेर भद्रोको महिना वाट गाँउ गाँउमा खाद्यन्न माग्ने सुरु गर्दछन् । 

वादीहरुको यो लोक संकृती राम्रो भएके तर उनिहरुकै कारणले यसको महत्व घट्दै गएको चैनपुरका विकास सिंहले वताए । वादीहरुले प्रशासनमा जात्रा देखाउदाँ प्रमुख जिल्ला अधिकारीसहित अन्य कर्मचारीहरुले उनिहरुको जात्रा लाई हेरेर दक्ष्निा दिने प्रचलन अझै छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!